स्वतन्त्रको १८ औं शाखा कञ्चनपुरमा

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७५
journalist_Fotor

सुदूरपश्चिममा स्वतन्त्रः स्वतन्त्र पत्रकार संघ नेपालद्वारा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीवार सम्पन्न भेलाबाट गठित जिल्ला जिल्ला कार्यसमितिका पदाधिकारी राष्ट्रिय समितिका साथ। तस्वीर : आदर्श समाज

सुदूरपश्चिममा स्वतन्त्रः स्वतन्त्र पत्रकार संघ नेपालद्वारा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीवार सम्पन्न भेलाबाट गठित जिल्ला जिल्ला कार्यसमितिका पदाधिकारी राष्ट्रिय समितिका साथ। तस्वीर : आदर्श समाज

पोखरा, १६ फागुन। सुदूरपश्चिममै पहिलो पटक कञ्चनपुरमा स्वतन्त्र पत्रकार संघको जिल्ला शाखा गठन गरिएको छ।

सदरमुकाम महेन्द्रनगरमा विहीवार आयोजित जिल्लास्तरीय भेलाले पुष्कर भट्टको अध्यक्षतामा जिल्ला संघ गठन गरेको हो। भट्ट माउन्टेन टेलिभिजनका जिल्ला संवाददाता हुन्।

११ सदस्यीय कार्यसमिति उपाध्यक्षमा प्राइम टाइम्स सुदूरपश्चिम व्यूरोचिफ सुमन भट्ट, सचिवमा मानसखण्ड दैनिकका मुख्य संवाददाता एवं आर्थिक अभियान र नेपाली पब्लिक अनलाइनका जिल्ला संवाददाता मदन गिरी चयन भए ।

सहसचिवमा हिमालयन टेलिभिजनका संवाददाता सुरेश भट्ट र कोषाध्यमा सरस्वती भट्ट छन् ।

सदस्यमा डिल्लीराज पन्त, डीबी बोहरा, भुवन भट्ट, केशव भट्ट, होम योगी, विकास महता र भोजराज भट्ट चयन भए ।

संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, महासचिव नवराज पहाडी, उपमहासचिव राजेन्द्रजंग रायमाझी, कोषाध्यक्ष वीरेन्द्र पाण्डे र पार्षद डीआरजी सुमनको उपस्थितिमा सम्पन्न भेलाले जिल्ला संघ गठन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि वेतकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले स्वतन्त्र र निष्पक्षरुपमा सत्यतथ्य खोजी गरेर व्यावसायिक पत्रकारिता गर्नुपनेर्मा जोड दिए। उनले जिल्लामा स्वतन्त्र पत्रकार संघ गठन भएकोमा समेत खुसी व्यक्त गरे।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बस्तोलाले पत्रकारिता राजनीतिरुपमा विभाजित हुँदै गएकाले स्वतन्त्र पत्रकार संघको आवश्यकता परेको बताए। उनले कुनै पनि राजनीतिक दल र तिनका भातृ संगठनसँग आवद्ध नभएको पत्रकारलाई संस्थामा आवद्ध हुन समेत आग्रह गरे।

नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले पत्रकारले स्वतन्त्रतापूर्वक खबरदारी गर्नुपर्ने जोड दिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक आरके ओझाले पत्रकारले कसैप्रति पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताए। साथै उनले प्रहरीका राम्रा कामलाई सकारात्मक रुपमा लेखिदिए सबैलाई हौसला प्राप्त हुने उल्लेख गरे। निर्मला पन्त बलात्कार हत्याकाण्डलेे जिल्लाको नराम्रो सन्देश प्रवाह भएको भन्दै उनले हाल शान्तिसुरक्षाको व्यवस्था राम्रो भएको सन्देश प्रवाह गरिदिन पत्रकारसँग आग्रह गरे। त्यस्तै, संघका राष्ट्रिय महासचिव पहाडीले संघको सांगठनिक गतिविधिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार बलदेव अवस्ती, कोषाध्यक्ष वीरेन्द्र पाण्डे, पार्षद डीआरजी सुमन, पत्रकार महासंघ कञ्चनपुरका सहसचिव मोहन बिष्टले पत्रकारको हकहितको पक्षमा बोलेका थिए। भेला संयोजक पुष्कर भट्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पत्रकार सुमन भट्ट र संचालन मदन गिरीले गरेका थिए। २०६८ सालमा पोखरामा स्थापना स्थापित स्वतन्त्र पत्रकार संघ अहिले देशका विभिन्न जिल्लामा विस्तारको क्रममा छ। यसैबीच, शुक्रबार कैलाली शाखा गठनका लागि सदरमुकाम धनगढीमा पत्रकारको भेला हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width