/fli6«klt ljBfb]jL e08f/L tfKn]h’ªdf ut a’waf/ ePsf] x]lnsf]K6/ b’3{6gfdf lgwg ePsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /ljGb|k|;fb clwsf/L kfly{s zl//df >2fl~hnL lbb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रवार विहान टुँडिखेल पुगि हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि विहीवार शव बिहान काठमाण्डौ स्थित टुँडिखेलमा राखिएकोे छ ।
श्रद्धाञ्जलिका लागि शव टुँडिखेलमा
काठमाडौँ, १७ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन उनीहरुको शव काठमाण्डौ स्थित टुँडिखेलमा राखिएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको छ । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको छ ।
श्रद्धाञ्जलि दिन सातै जनाको शव टुँडिखेलमा राखिएको छ । दुर्घटनामा निधन भएका सबैको शव विहीवार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव शुक्रवार विहान श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको हो ।
शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि शुक्रवार बिहान ८ बजेका लागि तय भएको थियो । श्रद्धाञ्जलि कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिने र अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने बताइएको छ ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा बिहीबार शोक प्रस्ताव पारित गरेको थियो ।
Related News
सम्बन्धित समाचार
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
कम्युनिस्ट पार्टी सरकार सञ्चालनमा असफल भए : कांग्रेस नेता धनराज गुरुङ
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
मोतिपुर करिडोर काण्ड: अर्थमन्त्री र उद्योगमन्त्रीको भागाभाग
hero news full width
मुख्य समाचार
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
फागुन २४, २०७७गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७