लोककवि अली मियाँको जन्मजयन्तीमा प्राज्ञलाई सम्मान

आदर्श समाज संवाददाता
फागुन १५, २०७५
ALI MIYA


पोखरा, १५ फागुन । लोककवि अली मियाँको १०१ औं जन्मजयन्तीको अवसरमा पोखरामा बुधबार दुई जना प्राज्ञलाई सम्मान गरिएको छ ।

अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बुद्विबहादुर गुरुङ र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रजापति पराजुलीलाई सम्मान गरेको हो ।

सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, प्रतिष्ठानका सल्लाहाकार प्राडा रविलाल अधिकारी र अध्यक्ष हनिफ मियाँले दोसल्ला, माला सहित सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले भाषा, साहित्य र संस्कृति मुलुकको गहना भएको उल्लेख गरे ।

प्रतिष्ठानका सल्लाहाकार तारा पाखेले हराउँदै गएका पुराना संस्कृतिको खोजी र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
अर्का सल्लाहाकार प्राडा कुसुमाकर न्यौपानेले सम्मान तथा पुरस्कारले सृजना क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहित गर्ने बताए ।

कार्यक्रममा सम्मानित प्राज्ञहरु बुद्विबहादुर गुरुङ, प्रजापति पराजुली, पोखरा– १३ का वडा सदस्य हाजि रहिमुल्ला, संस्थाका सल्लाहाकार प्राडा रविलाल अधिकारी, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, साहित्यकार रवीन्द्र माकाजु, जनसांस्कृतिक महासंघका मनकुमार श्रेष्ठले बोलेका थिए । त्यस्तै, साहित्यकारहरु अम्बिका भट्टराई र धर्मराज पौडेल ‘अल्पायु’ ले रचना वाचन गरेका थिए ।

त्यसअवसरमा साहित्यकार रवीन्द्र माकाजुको पुस्तक ‘विश्व शान्ति स्तुपा’ लोकार्पण समेत गरिएको थियो ।
अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत र सचिव पद्मराज ढकालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बंगलादेशमा घन्कियो रेशम फिरिरी …

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा ।  बंगलादेश–नेपालको कुटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा नेपाली कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । फागुन ३० देखि चैत…
  • ‍‍‍‍‍‌‌‌… अनि दुर्गा बराल बने वात्स्यायन‍‍‍

    रूपनारायण ढकाल चैत्र ४, २०७९
    पोखरा ।  नेपाली चित्रकलाजगत्का शीर्षस्थ प्रतिभा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ आजदेखि ८१ वर्षमा प्रवेश गरेका छन् । चित्रकलाका यीनै हस्ती…
  • वात्स्यायनको अभिनन्दन तथा रथारोहण

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०७९
    पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ ।  पोखरेली कलाकार वात्स्यायनको सम्मानमा …
  • देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । साहित्यकार देवेन्द्र केसी ‘देवु’ को अव्यक्त पीडा (मुक्तक संग्रह) र दोषी नजर (गीति एल्बम) शुक्रबार लोकार्पण भयो ।…
  • रत्नमानको ३ भाषाको पुस्तक

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । उनको पहिलो कृति ‘भाषा, व्याकरण…

hero news full width