भारत पाकिस्तान तनाव नेपालमा पनि सुरक्षा सर्तकता

एजेन्सी
फागुन १५, २०७५
india vs pakistan

काठमाण्डौ, १५ फागुन । भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता वढाइएको छ ।

नेपालमा हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो बनाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका क्षेत्रका प्रहरी कार्यालयहरुलाई अलर्ट हुन निर्देशन दिइसकिएको छ ।

यस्तो अवस्थामा अपराधिक गतिविधिमा संलग्नले पनि फाइदा उठाउन सक्ने सम्भावना हुन्छ’, सुवेदीले भने, ‘त्यसैले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा पारेका छौ, शंकास्पद मानिसहरु फेला पर्ने वित्तिकै तत्काल नियन्त्रणमा लिनसमेत निर्देशन दिइएको छ ।

यसअघि मंगलबार भारतीय वायु सेनाको एक लडाकु विमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको थियो । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।

तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो ।बुधबार नियन्त्रण रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । उसले एक जना पाइलटलाई पनि पक्राउ गरेको दाबी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width