सप्तरी, १५ फागुन । खडक नगरपालिका–५ खरचुहियामा मंगलवार ७० वर्षीय सबुरी साह र उनकी पत्नी ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ।
साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, धरानबाट तालिम प्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सधैँ सबेरै उठ्ने गरेका साह दम्पती बिहान ८ बजेसम्म नउठेपछि हेर्न जाँदा दुवैको जलेको अवस्थामा फेला परेको छिमेकीले बताए। छिमेकी सरस्वती चौधरीका अनुसार दुवैको शरीरको केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकाले हत्याको सम्भावना छ।
साह दम्पतीका जेठा छोराबुहारीसहित उदयपुरको गाईघाटमा र कान्छा छोराबुहारीसहित धरानमा बसोबास गर्छन्। छोरा, बुहारी नाती–नातिनासहित बाहिर बसेकाले साह दम्पती मात्र घरमा बस्ने गरेका थिए। आर्थिक रुपले गाउँका सम्पन्न साह घरकै एक सटरमा धान, गहुँ, मसला पिँध्ने मिल चलाएर बसेका थिए।
साहले गाउँलेलाई ब्याजमा लाखौँ रुपैयाँ ऋणकर्जा दिने गरेको छिमेकीको भनाइ छ। मिलनसार स्वभावका साह दम्पतीको गाउँमा कसैसँग झगडा र विवाद नभएको स्थानीयहरु बताउछन् । यता हत्यारालाई पछ्याउँदै सर्च अपरेशनमा खटिएको अनुसन्धान टोलीसहितको तालिम प्राप्त कुकुर घटनास्थलभन्दा दुई किलोमिटरको दूरीमा रहेको एउटा पोखरीमा गएर रोकिएको छ।
हत्यारालाई चाँडै पत्ता लगाउने दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले गरेका छन् । अपराधी पत्ता लगाउन शुरुआतदेखि नै तालिम प्राप्त कुकुर र फोरेन्सिक एक्सपर्टसहितको टोली खटाइएको बताए।
Related News
सम्बन्धित समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०