पर्वत, १४ फागुन । उद्यमी युवा महिलाका लागि फलेवास नगरपालिका वडा नं. २ थापाठानामा सञ्चालित तीन दिने सहकारी लेखा व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ ।
इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा फलेवास नगरपालिका वडा नं. १, २ र ९ का २० जना उद्यमी किशोरीहरुको सहभागिता रहेको थियो ।
स्थानीय स्तरमा खेर गैरहेका वस्तुहरुको उपयोगका साथै कुखुरापालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल भई उद्यमशील बनेका किशोरीहरुलाई सहकारीमा आवद्ध गराई संस्थागत रुपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
तालिमका प्र्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले युवालाई सहकारीमा आवद्ध गराई स्थानीय श्रम, सीप र पूँजीलाई परिचालन गर्ने कार्यमा तालिम सहयोगी हुने बताउनु भयो । युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम बनाएर उत्पादनमा केन्द्रित गराउने र उनीहरुले उत्पादन गरेका वस्तुहरुको संकलन सहकारी संस्था र बजारीकरण स्थानीय सरकारले गर्नु पर्नेमा उनले जोड थियो ।
सहकारीमा आवद्ध हुने युवा महिलाहरुलाई वित्तीय व्यवस्थापनका बारेमा जानकारी गराउनका लागि आयोजित तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको इन्प्रेड नेपाल पर्वतका सामाजिक परिचालक भोजराज भुषालले जानकारी दिए ।
समुहमा वचत संकलन, आयआर्जन तथा क्षमता विकासका विभिन्न कार्यक्रम गर्दै आएका किशोरीहरुलाई संगठित गराई उनीहरुलाई थप आयआर्जनमा केन्द्रित गराउन सहकारी संस्था गठन गर्न लागिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक टुक शर्माले जानकारी दिए । आम्दानी बढाएर तथा खर्च कटाएर बचत गर्दै आएका किशोरीहरुलाई आफै लेखा राख्न सिकाउने तथा सहकारी संस्था दर्ता पछि लेखा व्यवस्थापनका लागि तालिम सहयोगी भएको तालिमका सहभागी सुमित्रा कार्कीले बताइन् ।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९