विद्यार्थीलाई लैङ्गिक हिंसा सम्वन्धी प्रशिक्षण

रासस
फागुन १४, २०७५
photo1


पोखरा १४ फागुन । कास्की मादी गाउँपालिका—७ छाचोक स्थित धनुबास कालिका माविका विद्यार्थीलाई लैङ्गिक हिंसा र लागुऔषध सम्वन्धी सचेतना प्रदान गरिएको छ ।

सामुदायिक सेवा केन्द्र कालिकाद्वारा आयोजित एवं प्रहरी चौकी सिन्दुजुरेको सहकार्यमा उक्त विद्यालयका विद्यार्थीलाई सचेतना प्रदान गरिएको हो । कक्षा आठ र नौ मा अध्ययनरत ९५ जना विद्यार्थी सहभागी उक्त सचेतना कार्यक्रममा भरत प्रसाद पौडेल र अमृत कुमार भट्टराईले प्रशिक्षण दिएका थिए ।

मादी गाउँपालिका—७ का वडाध्यष लालवहादुर गुरुङ प्रमुख अथिति रहेको उक्त कार्यक्रमको सभापतित्व सेवा केन्द्रका अध्यक्ष हुमनाथ अधिकारीले गरेका थिए, भने कार्यक्रमको संयोजन श्रीराम रानाभाटले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width