प्रथम वेगनास कपमा ६ खेल सम्पन्न

एजेन्सी
फागुन १४, २०७५
TUESDAY 1


फागुन १४, पोखरा । वेगनास ताल किनारमा जारी प्रथम सेभेन ए साईड वेगनास कपमा तेश्रो दिन ६ खेल सम्पन्न भएका छन्।

मंगलबार सम्पन्न पहिलो खेलमा लामागाउँ ए विरुद्ध पचभैया सि ले ५—६ को कठिन जित निकालेको छ , निर्धारित तथा अतिरिक्त समयसम्म कुनै गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

त्यस्तै अर्को खेलमा झरना एफ सि ले नयाँ गाउँ बि लाई शून्य का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ। दुवै समुहले राष्ट्रिय स्तरका खेलाडी मैदान उतारेको भए पनि नयांगाउँले आफूलाई समयमा समाल्न नसक्दा दोश्रो हाफमा २ गोल खांदै प्रतियोगितावाट वाहिरिएको थियो ।

तेश्रो खेलमा नयाँगाउँ ए ले वुढिवजार एफ सि लाई ५ — १ को फराकिलो गोलले पाखा लगाउँदै सैनिक ए विरुद्ध मैदान उत्रेको माईनर युथ क्लव एस ओ एस पनि ५—२ को फराकिलो हार वेहोर्दा स्तब्ध वनेको थियो।

खेल अगावै बुद्ध शान्ति युवा क्लवले वाक ओभर दिदा यसको पूर्ण फाईदा गेटवे फाउन्डेसनलाई पुग्यो । मैदान उत्रन नपाउदै गेटवे बिजयी वनेर अघिल्लो चरण प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा हिमचुली एफ सि विरुद्ध मैदान उत्रेको मेरो नेपालले ले १ —२ को नतिजा निकाल्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको छ। विजयी सम्पूर्ण टिम अर्को चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले ८ हजार उच्च गोलकर्ताले ५ हजार, उत्कृष्ट प्लेमेकर ५ हजार, उत्कृष्ट डिफेन्स ५ हजार र उत्कृष्ट गोल रक्षकले रु ५ हजार प्राप्त गर्नेछन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Related News

सम्बन्धित समाचार

  • लामाचौर कप जारी : न्यु डायमन्ड र पुलिस शीर्षस्थानमा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा शुक्रबारदेखि सुरु भएको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल जारी…
  • न्यु डायमण्ड २ खेलमा विजयी

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । न्यु डायमण्ड युथ स्पोर्टर्स क्लबले लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत २ खेलमा जित दर्ता गरेको छ । नवआदर्श सामुदायिक विकास…
  • साविक विजेता श्यामलाई गल्फ उपाधि

    प्रकाश ढकाल भाद्र ३१, २०८०
    लोमान्थाङ । मुस्ताङ गल्फ च्यालेन्ज उपाधि साविक विजेता श्याम तामाङले जितेका छन् । ‘स्टेबल फोर्ड’ फम्र्याटमा खेलाइएको खेलमा उनले एक…
  • सहारा क्लब पोखरा अध्यक्षमा केशवराज बराल

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल निर्वाचित भएका छन् । क्लबको शनिबार १३ औं अधिवेशनले आगामी २ वर्षे…
  • मीनबहादुर गुरुङ भाद्र ३०, २०८०
    पोखरा । जतिबेला मातृभूमि नेपाल भुकम्पले थिलथिलो हुने गरी ढलेको थियो । व्यक्तिका घरदेखि सरकारी संरचना र विद्यालयहरूमा अपत्यारिलो क्षति…

hero news full width