चिप्लेढुङ्गा, १४ फागुन । पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ हुने भएको छ ।
पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना गरिने नाटकको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।
महोत्सव उद्घाटनका बेला विभिन्न झाँकीसहितको पदयात्रा निकालिने युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले जानकारी दिए । औपचारिक कार्यक्रमपछि पोखरा थिएटरको पाँचाै प्रस्तुतिको नाटक ‘निरमाया’ मञ्चन गरिनेछ । महोत्सव फागुन २२ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा चल्नेछ ।
यसैगरी १६ गते भारतको ‘ब्ल्याक एण्ड ह्वाइट’, १७ गते मेसेडोनियाको ‘प्राइभेट कन्फेन्सन’, १८ गते नेपालको ‘कन्फेसन’, १९ गते नेपालकै ‘गैँडा टाइम्स’, २० गते भारतको ‘इन ट्रान्जिट’, २१ गते नेपालको ‘मेमोरी यार्ड’ र अन्तिम दिन २२ गते युथ क्रियशन थिएटर पोखराको ‘घेरो’ नाटक मञ्चन हुनेछ ।
महोत्सवमा मञ्चन हुने आठवटै नाटक हेर्न नाट्यप्रेमीले एक हजार शुल्क तिरेर महोत्सवको सदस्यता कार्ड लिन सक्ने आयोजकको भनाइ छ । नाटक मञ्चनका अलावा विभिन्न सत्रमा मञ्चन भएका नाटकका कलाकार तथा निर्देशकसँग छलफल पनि गरिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
लोककवि अलि मियाँको स्मरण
सुरेश बडालको ‘रहर’ लोकार्पण
रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने
कृष्णदीपको उपन्यास ‘सेकुवा’ माथि चर्चा
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७