पोखरा, १३ फागुन। नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यलाई पोखरामा सोमबार सम्मान गरिएको छ।
कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसी र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले निर्वाचित पदाधिकारी एवं सदस्यलाई सम्मान गरे।
काँग्रेस जिल्ला सभापति केसीले प्रेस स्वत्रन्त्रताका लागि काँग्रेस प्रतिबद्व रहेको बताए। उनले लोकतन्त्रमा प्रेसमाथि हस्तक्षेप गर्न खोजिए स्वीकार्य नहुने उल्लेख गरे।
न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष पराजुलीले मिडिया हाउसले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। पत्रकारहरुको हक हितका लागि न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
आदर्श समाज राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक समेत रहेका युनियनका नवनिर्वाचित अध्यक्ष नवीन सिग्देलले पत्रकारको हकहितका लागि युनियनले काम गर्ने बताए। कार्यक्रममा प्रेस युनियन गण्डकी संयोजक टंक अधिकारी र पत्रकार महासंघ कास्कीका सदस्य कमल पौडेल अथकले पनि बोलेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७