पोखरा, १३ फागुन। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र पर्ने माछापुच्छ्रे गाउँपालिका अन्तर्गत पोथना, ठूलाखर्क र धम्पुसमा क्षेत्रमा संरक्षण चित्रकला यात्रा–२०७५ मा सिर्जना गरिएका संरक्षण चित्रकला प्रदर्शनी गरिएको छ ।
पोखरा आर्ट ग्यालेरीमा सोमबार सो प्रदर्शनीको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए ।
मन्त्री लम्सालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले संरक्षण चेतना विस्तारका लागि विभिन्न कार्यक्रममध्ये संरक्षण चित्रकलाले वातावरण र प्रकृतिक सम्पदा संरक्षणमा सहयोग पुर्याउने बताए। गण्डकी प्रदेश प्रकृति र संस्कृतिले धनी प्रदेश भएकोले कला र संस्कृतिको एक पृथक संग्रहालय बनाउन आवश्यक भएको भन्त्री लम्सालको भनाइ थियो।
उक्त अवसरमा संरक्षण चित्रकला यात्राको आरम्भ २०४९ देखि नै कलाको माध्यमबाट योगदान पुर्याउँदै नयाँ पिढीलाई समेत पे्ररणा प्रदान गरे वापत वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायान’ लाई सम्मानित गरिएको थियो।
चित्रकला अन्तराष्ट्रिय भाषा भएका कारण प्रकृतिको महिमा चित्रका माध्यमबाट भाषा संसारभरकै मानिसलाई सजिलै बुझाउन र आदानप्रदान गर्न सकिने भएकोले चित्रकलाप्रति आकर्षण बढेको बरालले बताए।
प्रदर्शनीमा कलाकार दुर्गा बराल, गोपाल श्रेष्ठ, आलोक गुरुङ, रमेश श्रेष्ठ, जीवन राजोपाध्याय, भीम शर्मा, सुन्दर लामा, रिक गुरुङ, मनोज तामाङ, विश्व केसी, थमनसिंह सुनार, गोपाल दराई, महादेव शाही, देवेेन्द्र गुरुङ, ज्योति गुरुङ, एलीता गुरुङ, आकाश गुरुङ, सुमन गुरुङ, सुशान्त थापा मगर र विजय गुरुङका ३२ थान चित्र प्रदर्शन गरिएका छन्।
Related News
सम्बन्धित समाचार
लोककवि अलि मियाँको स्मरण
सुरेश बडालको ‘रहर’ लोकार्पण
रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने
कृष्णदीपको उपन्यास ‘सेकुवा’ माथि चर्चा
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७