बंगलादेशी सांगीतिक साँझ

इन्द्रमणि पाण्डे, विद्यार्थी पत्रकार
फागुन १४, २०७५
Resized1_Fotor

पोखरा, १३ फागुन । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार दक्षिण एसियाका सबै देशसँग साँस्कृतिक सम्बन्ध बढाउन आतुर रहेको बताएका छन् ।

नेपालस्थित बंगलादेशको राजदूतावास तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संयुक्त रुपमा आयोजित ‘बंगलादेशको गीत र संगीतको एक साँझ’ नाम साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले साँस्कृतिक कार्यक्रमहरुको आदान प्रदानले मित्रराष्ट्रबीचको सम्बन्धमा न्यानोपन ल्याउने उल्लेख गरे । साँस्कृतिक रुपले धनी गण्डकी प्रदेश छिमेकीसँग साँस्कृतिक सम्बन्ध जोड्न आतुर रहेको उनको भनाई छ । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेको समुपस्थितिमा भएको कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले साँस्कृतिक कार्यक्रममार्फत दुई देशको सम्बन्ध जोड्न भएको प्रयासको प्रशंसा गरे ।

नेपालको निजी क्षेत्र बंगलादेशसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनको भनाई छ । यता गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक समृद्धिको लागि छिमेकीसँगको सहकार्य गण्डकी सरकारको प्राथमिकता रहेको बताइन् ।

पोखरा उद्योग वाणिज्य संघ तथा नेपालस्थित बंगलादेशको दूताबासद्धारा पोखरामा आयोजित नेपाल र बंगलादेशबीचको व्यापार र पर्यटनका सम्भावनाबारे गोष्ठीको समुद्घाटन गर्दै उनले  पर्यटनलगायतका क्षेत्रमा द्विपक्षीय सम्बन्ध र लगानी बढाउन सकेमा सम्बन्धले पनि नयाँ उचाई लिने उल्लेख गरे ।

नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेले नेपालको निर्यात व्यापार बढाउन प्रतिष्पर्धी क्षमताको विकास हुनुपर्नेमा जोड दिएकी छन् । नेपालबाट आयात हुने दाललगायतका सामानहरुको बंगलादेशमा उच्च माग भएपनि महंगो मूल्य पर्ने बताईन् ।

‘केही वर्षअघिसम्म नेपालबाट बंगलादेशमा दाल निर्यात हुन्थ्यो उनले भनिन् ‘अहिले हामी धेरै टाढाको क्यानडालगायतका मूलुकबाट दाल आयात गर्छौ, नेपालको दाल महंगो भयो, बंगलादेशमा नेपाली दालको माग उच्च छ तर महंगो भएकोले आयात रोकिएको छ,’ उनले भनिन् ।

राजदूत साम्सेले नेपाल सरकार र बंगलादेशबीच केहीअघि भएको विद्युत व्यापार सम्झौताले उर्जा क्षेत्रमा संयुक्त लगानीको सम्भावना बढेको समेत बताइन । बंगलादेशको आर्थिक विकासले नयाँ गति लिएको बताउँदै उनले नेपाल र बंगलादेशले द्विपक्षीय व्यापार बिस्तारका विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गरे । बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या वार्षिक २५ हजारको हाराहारीमा भए पनि आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढेको बंगलादेशबाट धेरैभन्दा धेरै पर्यटक नेपाल आउने सम्भावना रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल र बंगलादेशबीच मानवीय मात्र नभएर प्राकृतिक सम्बन्ध समेत रहेको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width