पोखरा, १३ फागुन ।धवलागिरि बोर्डिङ स्कूलले रजतजयन्ती मनाएको छ । विद्यालयले रजतजयन्ती अवसरमा दुईदिनसम्म विविध कार्यक्रम गरेको हो ।
समापनमा बोल्दै प्रमुख अतिथि शिक्षा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले विद्यालयले श्रमप्रति सम्मान गर्ने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले गुणस्तरीय शिक्षाको मापदण्ड बनाउनुपर्ने भन्दै कतिपय बोर्डिङलाई नेपाली विषय पनि अंग्रेजी भाषामा पठनपाठन गराउने आरोप लाग्ने गरेकोप्रति व्यङ्ग्य गरे ।
संस्कृत विद्यापीठका प्रतिनिधि डा भोलानाथ रेग्मीले विद्यालयमा संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने गरी अध्यापन कार्य गर्नुपर्ने र पूर्वीय संस्कारलाई पनि महत्व दिनुपर्ने बताए ।
विद्यालय संस्थापक मदनप्रसाद आचार्यले शैक्षिक संस्था स्थापनासँगसँगै त्यसको निरन्तर व्यवस्थापन महत्वपूर्ण रहने औँल्याएका थिए ।
याब्सन कास्की सचिव विष्णु शर्माले बालबालिकालाई अनावश्यक नियन्त्रणमा राख्ने काम कतिपय अभिभावकबाट हुने गरेको तर्फ सचेत गराउँदै उनीहरुलाई सिकाईका लागि खुल्ला वातावरण दिनुपर्ने जनाए ।
कार्यक्रममा समाजसेवी चूडामणि तिमिल्सिना, समाजसेवी रामचन्द्र त्रिपाठी, भूपू विद्यार्थी सुनिल दाहाल, पूर्व संचालक प्रेमनारायण खनाल, गौरीशंकर मावि प्रअ अम्वरबहादुर कुँवर, अभिभावक भीमप्रसाद श्रेष्ठ लगायतले बोलका थिए ।
त्यस अवसरमा शिक्षक कृष्ण भण्डारी लगायत विद्यार्थीले सामूहिक एवं एकल रुपमा विभिन्न प्रस्तुति राखेका थिए ।
त्यस्तै पूर्व विद्यार्थी, समाजसेवी, विद्यालयका संस्थापक, विभिन्न सहयोगी संघसंस्थालाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेमा सरला गिरी, डा शिशिर थापा, किरण गुरुङ, डा रोसिला त्रिपाठी, डा विमल श्रेष्ठ, डा धनप्रसाद पौडेल, डा कृष्णप्रसाद दाहाल, माधुरी खड्का, मधुसुदन पौडेल, सञ्जीव बास्तोला, डा विमल बास्तोला, अर्जुन पौडेल, प्रदीप त्रिपाठी, सुनिल दाहाल, डा दीपक त्रिपाठी, डा अभिनाशसिंह बस्नेत, चूडामणि तिम्सिना, शेषमणि पौडेल, रामचन्द्र त्रिपाठी छन् ।
त्यसैगरी संस्थापक मदनप्रसाद आचार्य, प्रेमनारायण आचार्य, मुक्तिप्रसाद आचार्य, पूर्व शिक्षक रामप्रसाद आचार्य, जनार्दनशरण त्रिपाठी, चन्द्रकली सापकोटा, नेत्रपाणि भण्डारी, विशालजंग कुँवर, रामचन्द्र थापा, लिलाधर पौडेल झलकबहादुर कुँवर, रुद्रमहादेव भजन समूह, रामप्रसाद सुवेदी, धवलागिरी हेमजा नौमती बाजा समूह लगायतलाई पनि विद्यालयले सम्मान गरेको थियो ।
त्यस्तै शौक्षिक तथा अतिरिक्त क्रियाकलाप तथा अन्य विविद्य विद्याका पुरस्कार वितरण गएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलाराम पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा विद्यार्थी श्रेया पौडेलले स्वागत तथा अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक कृष्ण भण्डारी र सहायक प्रधानाध्यापक चन्द्रकान्त भट्टराईले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७