खैरेनीटार, १३ फागुन। ‘मेरो गाउँ, मेरो भिडियो’ प्रतियोगिता कार्यक्रम राखेर आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा लिई हामी उठ्ने छौं फाउण्डेसनले शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौंडामा पत्रकार सम्मेलन कार्यक्रम गरेको छ।
कार्यक्रममा फाउण्डेसनका संस्थापक निदेर्शक निर्मल श्रेष्ठले २०७२ सालको भुकम्पपछि नेपाल फेरी राइज हुन सक्छ भन्ने सोंचकासाथ स्थापना भएको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता राखेर सामाजिक सेवाका काम गर्न अगाडि बढेको वताए। उनले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुगोस भन्ने अभिप्राय राखेर फाउण्डेसनले नेपाल पर्यटन वोर्डसँग सहकार्य गर्दै कार्यक्रम घोषणा गरिएको जनाए।
निदेर्शक श्रेष्ठले पत्रकार सम्मेलनमा आफ्नो गाउँ ठाउँको लुकेका कुरा खोजवीन गरि जब चिनिन्छ गाउँठाउँ त्यसपछि तपाईको पहिचान खुल्ने वताए। उनले ओझेलमा परेका चिज जसले पर्यटनलाई सहयोग गर्छ तथा त्यो पर्यटकको लागि आकर्षण बन्न सक्छ त्यसवाट मेरो गाउँ मेरो ठाउँको अवधारणा आएको समेत जनाए। यस्तै, गाउँ, ठाउँको पर्यटन प्रबद्र्धन गर्न आफै जागरुक हुन सुझाब दिए।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्साल, तेर्ह पटक सगरमाथा शिखर आरोही फुर्वा तेन्जिङ शेर्पा, सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य, अपरेशन निदेर्शक अनुप बराललगायतले वोलेका थिए।
हामी उठ्नेछौं फाउण्डेसनले नेपालको सातवटै प्रदेशबाट अधिकतम् ५ मिनेटको आफ्नो कुनैपनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभूषा, खानपान, कला आदि कुनैपनि एउटा बिषयलाई आधार बनाएर स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो तयार गरी प्रतियोगितामा सहभागि हुन अनुरोध गरेको छ।
फाउण्डेसनले निर्णायकहरुबाट चयन भएका उत्कृष्ट भिडियोहरुलाई फाउण्डेसनको युट्युब च्यानल, फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने। यसमा सर्वाधिक लाइक, कमेन्ट र शेयर हुने भिडियोलाई “पिपुल च्वाईस एवार्ड” प्रदान गरिने, निर्णायक समितिले भने उत्कृष्ट भिडियोको निर्णय गर्ने, दुबै बिधामा पहिलो हुने भिडियोले एक/एक लाख रुपैयाँ प्रदान गरिने, यो बाहेक नेपाल फिल्म एकेडेमीले दुई लाख बराबरको छात्रबृत्तिसमेत प्रदान गर्ने, प्रतियोगितामा फष्ट रनर्स–अप हुने भिडियोले ५० हजार रुपैयाँ र सेकेण्ड रनर्स–अप हुने भिडियोले पच्चिस हजार रुपैया पाउने, साथै सबोर्त्कृष्ट सम्पादन र सबोर्त्कृष्ट स्क्रिप्ट हुने भिडियोले पनि २५/२५ हजार रुपैया प्राप्त गर्ने पत्रकार सम्मेलनमा वताइएको छ।
Related News
सम्बन्धित समाचार
‘नेपाल हेर्न जाऊँ’ लोकार्पण
समता काव्य सन्ध्याको ३६१ औं शृंखला
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
निवन्धमा सत्यवती प्रथम
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०