काठमाण्डौ, १४ फागुन । अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टर ले बेल्ट एण्ड रोड इनिसिएटिभबाट चीनले नेपालमा गर्ने लगानी नेपालको हितमा हुनुपर्ने बताएका छन् ।
नेपाल भ्रमणमा रहेका दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले धेरै देशहरूमा चिनियाँ लगानीले फाइदा नपुगेको प्रतिक्रिया दिएका छन् । श्रीलंका, माल्दिभ्स, मलेसियालगायत थुप्रै देशहरू चिनियाँ लगानीका कारण डेट ट्रयापमा परेका छन् ।
सोमबार उनले संचारकर्मीलाइृ प्रतिक्रिया दिर्दै फेल्टरले भने—नेपालमा पनि चीनले गर्ने लगानी पारदर्शी हुनुपर्छ। त्यो लगानी नेपालको हितमा हुनुपर्छ, चीनको हितमा मात्र हुनु हुदैन । नेपालले आफ्नो छिमेकी चीनसँग राम्रो सम्बन्ध राखोस् भन्ने हाम्रो चाहना हो तर नेपालमा हुने चीनियाँ लगानी पारदर्शी हुनुपर्ने भनाई उनको छ ।
सहायक मन्त्री फेल्टरले अमेरिकाको इन्डो प्यासेफिक स्ट्राटेजी चीनलाई एक्लाउन नभएको प्रतिक्रिया दिर्दै नेपालको अन्तराष्ट्रिय सम्बन्ध विविध बनाउनु र सार्वभौमिकता सबल वनाउन हो, फेल्टरले भने, ‘यसले नेपालको विकासमा सघाउ पुग्नेछ भने लोकतान्त्रिक संस्थालाई मजबुद् बनाउन सहयोग गर्नेछ।’
नेपालको विकासमा अमेरिका दशकौंदेखि साझेदार रहँदै आएको छ। बेला बेलामा द्वीपक्षीय भ्रमण पनि भइरहेका छन, फेल्टरले भने, ‘यो क्षेत्रमा सुरक्षा सहकार्यका हिसाबले पनि नेपाल अमेरिकाको महत्वपूर्ण साझेदार हो। शान्ति सेनामा नेपालको योगदान उल्लेख्य छ।’ उनले नेपाली सेनाको व्यावसायिकता वृद्धिका लागि आगामी दिनमा पनि सहयोग जारी रहने बताए।
सोमबार दिउँसो सहायक मन्त्री फेल्टरले प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन भने बिहान उनले रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए। भेनेजुयला प्रकरणमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी कदमको कडा आलोचना गरी विज्ञप्ति निकालेको महिना दिनपछि काठमाडौं ओर्लिएका सहायक मन्त्री फेल्टरले दुई देशको सम्बन्ध निकै गहिरो र मजुबद् भएको बताए।
Related News
सम्बन्धित समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
१७ वर्षे बालकले बस चोरेर चलाउँदा
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०यसरी रित्तियो बक्राङ
मंसिर २३, २०८०ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०