अस्ट्रेलियाको समुद्री तटमा पौडीखेल्दा नेपाली विद्यार्थी वेपत्ता

एजेन्सी
फागुन १४, २०७५
sea photo


काठमाण्डौ, १४ फागुन । क्रममा एक नेपाली विद्यार्थी वेपत्ता भएका छन् । सिड्नीबाट करिब सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा सामेवार पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएका हुन् ।

सिड्नीको रोयल नेशनल पार्कमा रहेको फीगर एट पुल्स भन्ने समुन्द्री पौडी पोखरी नजिकै सो घट्ना घटेको बताइएको छ । साथीसँग घुम्न गएका २२ वर्षीय किङ्स वन इन्सीच्यूटमा पढिरहेको नेपाली युवा चेतन सापकोटा पौडी खेल्ने क्रममा समुन्द्रमा बेपत्ता भएपछि उनको उद्धार जारी रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

समुन्द्रमा हराइरहेका ब्यक्ति नेपाली विद्यार्थी चेतन सापकोटा भएको बतायएको छ । अस्ट्रेलियाको समुन्द्री तटमा पौडी नजानेका कारण दुर्घटनामा परि पछिल्लो वर्ष मात्र करिब आधा दर्जन नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width