पोखरा, १३ फागुन । छोरेपाटन, कृस्ती, निर्मलपोखरी, भरतपोखरी सडक खण्ड अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी खण्डमा सरसफाई कार्य सुरु गरिएको छ ।
सडक सरसफाई कर्मचारीका टोली प्रमुखलाई वडा सदस्य दीपक लामिछानेले हाजिरी रजिष्टर हस्तान्तरण गर्दै कामको शुभारम्भ गरे ।
छोरपाटनबाट सुरु भै लामेआहाल जोडिने २२ किलोमिटर सडक अन्तर्गतको अधिकांश भागबाट माछापुच्छ«े, अन्नपूर्ण, धवालागिरी हिमाल सहितका रमणीय हिमश्रृङखला, पोखरा एवम् लेखनाथका सुन्दर ताल सहितका दृश्य एकसाथ अवालेकन गर्न सकिने वडा सदस्य लामिछानेले बताए ।
उच्च हिमाली, पहाडी एवम् पोखरा महानगरका रमणीय दृश्यका कारण यो सडक मार्ग पर्यटकीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ, उनले भने । छोरेपाटनबाट सुरु हुने यो सडकमार्गबाट कृस्ती, निर्मलपोखरी हुँदै भरतपोखरीको गैरागाउँ, बरपाण्डेथुम, बरमाझथर, मनियलडाँडा, धारपानी, मालागिरी, आँपुभञ्ज्याङ, लामगादी हुँदै पृथ्वीराजमार्गको लामोआहाल पुग्न सकिन्छ ।
सडकको स्तरोन्नतिसँगै यहाँका बरपाण्डेथुम, हुडिकोट जस्ता स्थानमा पुग्ने आन्तरिक पर्यटकको संख्या बृद्धि हुँदै गएको छ भने कोटभैरव जस्ता धार्मिक पर्यटकीय स्थल पनि पर्यटककको रोजाइमा पर्न थालेका छन् ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९