पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् ।
सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं मेलामा आकर्षण बढाएको छ । उनको रोबोटले अङ्गे्रजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । मेलामा अवलोकन गर्न आएका विभिन्न विद्यालयका विद्यार्थीले उनको रोबोट रुचिपूर्वक हेर्ने गर्छन् ।
सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् । अवलोकनकर्ताले ‘ह्वाट इज योर नेम ?’ भनेर सोध्दा रोबोटले ‘माइ नेम इज गोल्डेन गर्ल’ भन्ने गर्दछ ।
“रोबोट बनाउन एक महीना लाग्यो, स्कुलमा शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि रोबोट बनाउन शुरु गरेँ”, सिर्जनले भने, “मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अङ्ग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।” रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् ।
सिर्जनले मेलामा आएका विद्यार्थीलाई रोबोटको बनावट, उसले गर्ने क्रियाकलापका विषयमा जानकारी दिन्छन् । साथै उनले रोबोटलाई हिडाउँछन्, हात मिलाउन लगाउँछन् भने मेलामा आएका विद्यार्थीले सोधेको जवाफ रोबोटले दिन्छ ।
स्थानीय दुग्धेश्वर माध्यमिक विद्यालयकी छात्रा समिता दनुवारले आफूलाई प्रदर्शनीमा रोबोट मन परेको बताइन् । उनले भनिन् “मैले अहिलेसम्म प्रत्यक्षरुपमा रोबोट देखेको थिइनँ, यहाँ देख्न पाएँ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदर्शनी अवलोकन गर्न आफ्नो विद्यालयका र पाँचखाल उपत्यकाभित्रका करीब ४३ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी तथा अविभावकलाई निमन्त्रणा गरिएको छ ।
प्रदर्शनीको प्रमुख आकर्षण रोबोट, भौगोलिक बनावटमा ‘पाँचखाल ग्रीन सिटी’ र पानीजहाज तथा ड्रोन रहेका छन् । पच्चीस वटा कक्षमा परम्परागत भाँडावर्तन, वेषभूषा र लोप हुँदै गएका दैनिक प्रयोगमा ल्याइने घरायसी सामग्री प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी मेला मङ्गलबारसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
इक्यान फेयर आयोजक समिति गठन
एनसेलको अनलिमिटेड डेटा अफर
एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान
एनसेलको ‘पहिलो सिम’ योजना
गेट सेट गोदरेज योजना सार्वजनिक
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९