पोखरा, १३ फागुन । गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ ।
स्वास्थ्य संस्थामा दमौली अस्पताल तनहुँ, प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा र तिलार स्वास्थ्य केन्द्र डिमुवा पर्वत रहेका छन् । ती स्वास्थ्य संस्थालाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न सामाजिक विकास मन्त्रालयले यस चालु वर्षमा हरेक अस्पताललाई रु ५०÷५० लाखका दरले रु एक करोड ५० लाख रकम विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले जानकारी दिइन् ।
अस्पतालले अत्याधुनिक एम्बुलेन्स पनि सञ्चालन गर्नेछन् । सूचना अधिकृत शर्माका अनुसार सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्सभित्र अनिवार्य एमबिबिएस उत्तीर्ण चिकित्सक, नर्स तथा एक जना स्वास्थ्यर्मी औषधि तथा आवश्यक उपकरणसमेत रहनेछ । ती एम्बुलेन्समा ‘जिपिएस’ प्रविधि जडान हुने उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनामा परी अकालमा मृत्यु हुनेमध्ये आधाबढीको सङ्ख्या घटनास्थलबाट उपचार गर्न स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमा नै मृत्यु हुने गर्दछ । नेपालमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ ।
अस्पताललाई हाइवे ट्रमा अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव आह्वानसमेत गरिसेकेको छ । “गण्डकी प्रदेशलाई सडक दुर्घटनाबाट मृत्युविहीन बनाउने अभियानअन्तर्गत पहिलो चरणमा तीन जिल्ला अस्पताललाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न लागिएको हो”, सूचना अधिकृत शर्माले भने । उसो त गण्डकी प्रदेश पूर्णखोप प्रदेशका रूपमा घोषणा भइसकेको छ ।
विशेषगरी यस प्रदेशमा वर्षेनी कतिजना सडक दुर्घटनामा परी मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क कुनै निकायसित छैन । यसैगरी सामाजिक विकास मन्त्रालयको आर्थिक एवं प्राविधिक सहयोगमा धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा अक्सिजन प्लान्ट स्थापना भएको छ ।
विसं २०१६ मा स्थापना भएको सो अस्पताल ५० श्ययाको रहेको छ । सामाजिक विकास मन्त्रालयको रु ७० लाखको अनुदानमा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको सूचना अधिकृत शर्माले बताए । सो अस्पतालमा गत वर्ष ३० हजार बिरामीले सेवा लिएका थिए । बालमृत्यु तथा मातृमृत्यु गत वर्ष अस्पतालमा शून्य भएको थियो ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९