विद्यालयको वार्षिकोत्सवलाई सम्वोधन गर्दै मन्त्री अधिकारी। फाइल तस्वीर
पोखरा, १२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वर्तमान सरकार जनअपेक्षा अनुरुपको काम गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
पोखरा महागरपालिका वडा नं. २१ कृस्तिस्थित भविष्य माविको ६६ औं बार्षिकोत्सव, सम्मान, पुरस्कार वितरण तथा अभिभावक दिवसको आज यहाँ उद्घाटन गर्दै अधिकारीले सरकार मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताए ।
मन्त्री अधिकारीले सामूदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरे । उनले असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीहरुलाई अग्रसर हुन सुझाव दिए ।
उनले राष्ट्र निर्माणका लागि उच्च भावनाका साथ अगाडि बढ्नुपर्ने उल्लेख गरे । मन्त्री अधिकारीले शिक्षा क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको जानकारी गराए ।
बुबा र आफूले पनि यस विद्यालयमा विद्यार्थीलाई पढाएकाले भावनात्मक सम्वन्ध रहेको प्रसंग उल्लेख गरे । उनले भने ‘विद्यालयको विज्ञान प्रयोगशाला निर्माणका लागि आवश्यक सहयोग गनेर्छु ।’
उनले सूचना, सञ्चार प्रविधि मन्त्रालयको उच्चस्तरीय कम्प्यूटर ल्याव स्थापना गर्ने विद्यालयको रुपमा छनोट भएकोमा खुशी व्यक्त गरे । उनले प्रविधिको माध्यमबाट विद्यार्थीहरुको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे ।
जनताको पक्षमा निरन्तररुपमा कृयाशिल रहने उल्लेख गर्दै उहाँले आउँदो बर्षदेखि क्रमिकरुपमा वृद्धभक्तामा बृद्धि गर्दै पाँच बर्ष भित्र पाँच हजार पुर्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री अधिकारीले यसअघि मात्र मुलुकमा १३ वटा विमानस्थल सञ्चालनमा रहेकामा आपूmले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हालसम्म २७ वटा विमानस्थल सुचारु भएको र सात वटामा निर्माण तथा मर्मत कार्य भई रहेको जानकारी दिए ।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल तोकिएको समय भन्दा ६ महिना अघिनै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले लुम्विनिस्थित गौतम वुद्ध विमानस्थल निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए ।
विद्यालयका प्रथम प्रधानाध्यापक ९८ बर्षीय बाबुराम रेग्मीले खरको छानाबाट शुभारम्भ भएको विगतका आरोह अवरोहको सम्झाना गर्दै विद्यालयको उज्ज्वल भविष्यबारेमा प्रकाश पारे ।
सोहीअवसरमा मन्त्री अधिकारीले अक्षयकोष दाताहरुलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरे । विद्यालयद्धारा प्रकाशित स्मारिका २०७५कोसमेत मन्त्री अधिकारीले विमोचन गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रमा पोखरा २१ का वडाअध्यक्ष खगराज आचार्य, १७ अध्यक्ष तिर्थराज अधिकारी, अक्षयकोषदाता श्रीबहादुर रानाभाट, सल्लाहकार समितिका सदस्य विजयराज अधिकारी, अक्षयकोषदाता तुलबहादुर गुरुङ, प्रधानाध्यापक राजेन्द्र सापकोटालगायतले शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए ।
Related News
सम्बन्धित समाचार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
हाम्रो यात्रा विब्प्याँटो छ
नियम बन्यो, नियत फेरिएन
hero news full width
मुख्य समाचार
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०