पोखरा, १२ फागुन । संगीत प्रशिक्षण केन्द्रको नयाँ कार्यसमितिको अध्यक्षमा पुनः गौतम विजुक्छे चयन भएका छन् । प्रशिक्षण केन्द्रको २८ ओं साधारणसभा तथा १४ अधिवेशनले विजुक्छेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
संस्थाको अन्य सदस्यहरुमा माधव पराजुली, श्यामलाल श्रेष्ठ, कालिचरण पराजुली, धनबहादुर गायक, स्नेहा गुरुङ, प्रेम कर्माचार्य, सुरेन्द्र गुरुङ, राजेन्द्रबहादुर प्रधान, उमेश सिके र महोदत्त काफ्ले (एमडी) छन् ।
कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष सुरेन्द्रमान बिजुक्छेलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेको थियो । संस्थाका सल्लाहकार तीर्थ श्रेष्ठले सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै सल्लाहकार श्रेष्ठ, सम्मानीत बिजुक्छे, भैरव सांस्कृतिक समितिका अध्यक्ष तिर्थमान प्रधानांग र पोखरा महानगरपालिका कार्यबाहक अध्यक्ष एवं वडा नं २ अध्यक्ष गोमा सुबेदीले बधाई एवं शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाका अध्यक्ष गौतम बिजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष माधव पराजुलीले स्वागत गरेका थिए ।
समितिको ११ सदस्यीय सल्लाहकार समितिमा तिर्थ श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, हेमराज रेग्मी, पवित्रराज रेग्मी, सनकमान बटाजु, कृष्णमोहन श्रेष्ठ, शम्भु कार्की, रामभुषण पराजुली र रामेश्वर मल्ल, वडा नं.२ अध्यक्ष पदेन सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९