आगलागीबाट एक करोडको क्षति

रासस
फागुन १३, २०७५
p 13

cfunfuLaf6 gi6 ePsf ;fdu|L a’6jn pkdxfgu/kflnsf j8f g+ $ cd/ky z+s/Knfhfl:yt laWbafl;gL km]G;Ldf lxhf] /flt -cfOtaf/_ ljB’t ;6{sf sf/0f cfunfuL ePkl5 hn]/ gi6 ePsf km]G;Lsf ;fdg . t:jL/M e/t s]=;L=, a’6jn, /f;;

बुटवल, १३ फागुन । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब एक करोड रुपैयाँको क्षति भएको छ ।

आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएको छ । प्रारम्भिक अनुमानमा एक करोड रुपैयाँ बढीको नोक्सान भएको प्रहरीले जनाएको छ ।

राति करीव १० बजेदेखि लागेको आगो मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

शङ्करप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिए ।

उक्त फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि उक्त पसलबाट नै आगलागी शुरु भएको प्रहरीको अनुमान छ । पसलमा रहेको विद्युत् लाइन सर्ट हुनाले आगलागी सोही पसलबाट शुरु भएको हो ।

बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो

Related News

सम्बन्धित समाचार

hero news full width