पोखरा, १२ फागुन । क्षत्री समाज नेपाल पोखरा महानगर समितिको तेस्रो अधिवेशनले गणेशबहादुर केसीको अध्यक्षतामा नगर समिति निर्विरोध चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा विन्दु कार्की, उपाध्यक्षमा इन्द्रबहादुर कार्की, सचिव राजेन्द्र पराजुली, सचिव मिनबहादुर कुँवर, कोषाध्यक्ष मनबहादुर थापा रहेका छन् ।
सदस्यहरुमा राजन कार्की, भद्र सुँयल थापा, सप्तबहादुर जिसी, खेमबहादुर केसी, जितेन्द्रबहादुर क्षत्री, केशव बस्नेत, रेखा थापा, सृजना केसी, केशव बराल, गजेन्द्रबहादुर खत्री, सावित्री क्षत्री, सूर्यबहादुर कार्की, गंगा केसी, विवादेवी गोदार, निर्मल बस्नेत, रेणु थापा, नन्द बस्नेत, कृष्ण थापा, हिराबहादुर खत्री, राधा थापा, तारा बस्नेत, जगत कार्की, लक्ष्मी थापा र अर्चना रोका बस्नेत छन् । निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक दिलबहादुर अधिकारी र कास्कीका अध्यक्ष पदमबहादुर कार्कीले पदभार ग्रहण गराएका थिए ।
अधिवेशनको उद्घाटन गर्दै समाजका केन्द्रीय उपाध्यक्ष उदयबहादुर बस्नेतले समाजले क्षत्री एकतामूलक कार्य गर्नुपर्ने बताए । समाजका केन्द्रीय सचिव कृष्ण थापाले समाजले राजनीतिक परिवर्तनमा सकृयता भएपनि क्षत्रीको विकासमा ध्यान नदिइएकोले अबको आन्दोलन सक्षम अधिकार सम्पन्न क्षत्री बनाउन लाग्नुपर्ने बताए ।
नगर अध्यक्ष इन्द्रबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा कास्की जिल्ला अध्यक्ष पदमबहादुर कार्की, गण्डकी प्रदेश सचिव लक्ष्मी अधिकारी, महिला समाजका अध्यक्ष गोमा रायमाझी, वडा नं. ८ का अध्यक्ष विरबहादुर अधिकारी, नगर सचिव माया बराल, जिल्ला सचिव चेतबहादुर कार्की, नगर सचिव गणेशबहादुर केसी, वडा नं.१० का जानुका अधिकारी, सहसचिव प्रेमबहादुर थापा, उपाध्यक्ष नरनारायण थापालगायतले आफ्नो धारणा राखेका थिए ।
सोही अधिवेशनले तिर्थ बरुवाल अध्यक्षतामा २१ सदस्य नगर महिला समाजको समेत चयन गरेको छ । समाजको चैत २३ र २४ गते हुने केन्द्रीय महाधिवेशन अन्तर्गत चैत १ गते गण्डकी प्रदेश र २ गते केन्द्रीय भातृसमाजअन्तर्गत महिला, बुद्धिजीवी, भूपू र कलाकार समाजको महाधिवेशन हुने कार्यक्रम रहेको छ ।
Related News
सम्बन्धित समाचार
विष्णुपादुका माविमा बस सेवा
डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
सुनास कास्कीको साधरणसभा
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
पोखरामा सुनिए कवि मञ्जुल
hero news full width
मुख्य समाचार
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०