प्रथम सेभेन वेगनास कप शुरु

खेलकुद विकासमा महानगर सदा तयारः मेयर जिसी

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७५
Begas Cup_Fotor

वेगनास युवा क्लवद्वारा आयोजित पहिलो पटक फुटबल प्रतियोगिताको आइतबार शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी.।

पोखरा, १२ फागुन । पोखरा ३१ वेगनासताल किनारमा आइतवारदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । ‘सभ्यता र संस्कृतिका लागि खेलकुद’ भन्ने उद्देश्यका साथ वेगनास युवा क्लवले पहिलो पटक फुटबल आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मानवहादुर जिसीले खेलकुदको विकासका लागि महानगर सधै तयार रहेको वताए । वेगनास युवा क्लवले गरेको हरेक कार्यमा महानगरको सधैं साथ र सहयोग रहने उनको प्रतिबद्धता थियो ।

त्यस्तै, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख विरेन्द्रकुमार वस्यालले युवाहरुलाई सही बाटोमा लैजान यस्ता प्रतियोगिताहरु फलदायी हुने वताए । कार्यक्रममा ईलाका प्रहरी कार्यलय प्रमुख  चित्राङ्त बराल, वडा नं ३१ का वडाध्यक्ष कमल थापालगायतले बोलेका थिए ।

उद्घाटन खेलमा आयोजक बेगनास बी समुहले पहिलो जित दर्ता गर्यो । सिर्जना बहिरा माविलाई पेनाल्टी सुटआउटमा ८–७ को कठिन जित निकाल्यो । त्यस्तै, दोश्रो खेलमा लामा गाउँ बी समुहले प्रगति फुटबल क्लव कास्कीकोटलाई २–१ को जित निकाल्यो । पहिलो हाफको नतिजा बराबर भएको उक्त खेलमा दोश्रो हाफमा प्रगतिले मौका गुमाउँदा हार बेहोर्नु पर्यो । तेश्रो खेलमा बाराही बेगनासलाई आयोजक वेगनास सी ले १–० को अन्तरले पराजित गर्यो । सोमबार ७ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५५ हजार ५ सय ५५ र तेस्रो पुरस्कार १५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले आठ हजार, सर्वाधिक गोलकर्ताले ५ हजार र उत्कृष्ट मिडफिल्डर, डिफेण्डर र गोलरक्षकले ५ हजार प्राप्त गनेर्छन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गनेर्छ ।

प्रतियोगिता सञ्चालन गर्न ८ लाख ५० हजार खर्च लाग्ने र ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width