आर्मीका लागि गोल गरेपछि सेलिब्रेसन गर्दै नवयुग श्रेष्ठ । तस्वीर : सुदर्शन रञ्जित
आर्मीका लागि गोल गरेपछि सेलिब्रेसन गर्दै नवयुग श्रेष्ठ । तस्वीर : सुदर्शन रञ्जित
पोखरा, १२ फागुन । १७ औं आहा रारा गोल्कडपको आइतबारको खेलमा झण्डै हार नजिक पुगेको त्रिभुवन आर्मी क्लबले २० मिनेटमा लगातार ३ गोल गर्दै लोभलाग्दो प्रदर्शन गर्यो ।
हिमालयन शेर्पा क्लबसँग दोस्रो क्वाटरफाइनलमा सुरुवातदेखि नै उत्कृष्ट खेल पस्केको आर्मीले खेलको ७१ औं मिनेटमा मात्र बराबरी खेलेको थियो । अन्ततः नवयुग श्रेष्ठ चम्किदाँ ३–१ गोलअन्तरले हिमालयनको यात्रा टुंग्याउँदै आर्मी सेमिफाइनल पुग्यो । उत्कृष्ट कमब्याक गरेको आर्मीको लागि नवयुगले २ र जर्ज प्रिन्स कार्कीले १ गोलको योगदान दिए । प्रतियोगितामा नवयुग नै म्यान अफ दी म्याच बने । यसपालि पहिलो रोजाईका खेलाडी लिएर मैदान उत्रिएको उपाधि दाबेदार आर्मीले विजयी यात्रा सुरुवात गरेको हो । दुई साताअघि मनकामना केबुलकार पोखरा कप फुटबलमा क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबसँग उसको दोस्रो रोजगाइको टिम शुन्यविरुद्ध ४ गोलअन्तरले वाटरफाइनलबाट पाखा लागेको थियो । हिमालयन भने पोखरा कपको उद्घाटनमै एपीएफसँग पराजित भएको थियो ।
आर्मीले यस सिजनमा २ उपाधि भित्राइसकेको छ । इटहरीको मदन भण्डारी मेमोरियल गोल्डकप र वीरगञ्जको विशाल मेमोरियल गोल्डकपको उपाधि विजेता आर्मीले सिमरा गोल्डकपको फाइनलमा भने थ्रीस्टारलाई उपाधि सुम्पेको थियो । आर्मीले विशाल मेमोरियलमा हिमालयनलाई फाइनलमा सडनडेथको शिकार बनाएकोमा आहा रारामा भने अन्तिम समयमा सम्हालिन नसक्दा हिमालयनको लागि बदला लिने मौका चुक्यो ।
खेलको २७ औं मिनेटमा विपक्षीको गोलबाट आर्मी पछि परेको थियो । हिमालयन शेर्पाका लागि विदेशी खेलाडी प्याट्रिक प्राइभट गोहाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्रिदेव गुरुङको पासमा डि–बक्समा रहेका गोहाले सेकेण्ड बार च्याप्दै हानेको बलले सिधैँ जाली चुमेको थियो । पहिलो हाफ १–० मै टुंगिए पनि दोस्रो हाफमा आर्मीले विपक्षीलाई पूरै दबाबमा राख्यो ।
चिसो–चिसो मौसमबीच तात्तिएको खेलमा खेल सकिन २० मिनेट बाँकी रहँदा नवयुगले गोलको खडेरी तोडे । सन्तोष तामाङको लङ फ्रि किकलाई डि–बक्समा रहेका नवयुगले हेडमार्फत गोल गरेका हुन् । ८० मिनेटमा उनैले सेन्टर एरियाबाट लगेको बललाई जाली चुमाउँदै जित सुनिश्चित पारे । विदेशी खेलाडी युल्रिच सीवीबाट डिफ्लेक्ट भएको बल नवयुगले एक्लै अघि बढाउँदै विपक्षी पोष्टमा कडा प्रहार गर्दा जितको सञ्चार हुन पुगेको थियो ।
त्यस्तै, दोस्रो हाफको इञ्जुरी टाइमको पहिलो मिनेटमा आर्मीले गोलअन्तर बढायो । जर्ज प्रिन्स कार्कीले गरेको पहिलो प्रहार कीपर किशोर गिरीले पञ्च गरी जोगाउन खोज्दा रिबाउण्ड बल डिबक्स लाइनमै रहेका कार्कीको दोस्रो प्रहारले गोलपोष्टको फ्रेम लिन पुग्यो । ६५ औं मिनेटमा प्रशिक्षक नवीन न्यौपानेले टंक बस्नेतको ठाउँमा कार्कीलाई छिराएपछि आर्मीले लय समातेको थियो ।
हिमालयनको लागि गोलको खासै मुझ नभेटिँदा आर्मीले भने आधा दर्जन गोलका अवसर खेर फाल्यो । ६८ औं मिनेटमा नवयुगकोे क्रसबलमा प्रिन्सको हेड क्रसबार हुँदै बाहिरियो । १४ औं मिनेटमा सन्तोष तामाङले झण्डै सेन्टरबाट लगेको वान भसेर्स वान बल कीपरले क्लीयर गर्दा अग्रता लिने मौका गुम्यो । ३५ औ मिनेटमा सन्तोषले डिबक्स नजिकबाट गरेको कडा प्रहार विपक्षी रवी थापाले जोगाए । ३७ औं मिनेटमा टंक बस्नेतले वान भसेर्स वान बललाई सदपुयोग गर्न सकेनन् ।
भुटानमा खेलेर लामो यात्रामा आउँदा खेलाडी रेष्टमा नभएकोले पहिलो हाफ सोचेजस्तो हुन नसकेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए । उनले पहिलो हाफमै दुईवटा वान भसेर्ज वान बल खेर गएपनि पछि लय समात्दा जित सम्भव भएको बताए । आफ्नो टिमको लागि पाएको बलमै काउन्टर आउँदा बलियो आर्मीसँग राम्रो खेल्दाखेल्दै पराजित हुनुपरेको हिमालयनका टिम म्यानेजर विजेन्द्र पुडासैनीले स्वीकारे । सोमबारको तेस्रो क्वाटरफाइनलमा युनाइटेड सिक्किम भारत र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प
विद्युत् नपुगेको छेन्तुङमा गण्डकी सरकारले पुर्यायो सोलार ऊर्जा
पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा
कागबेनीको बाढीग्रस्त क्षेत्रमा मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
एमाले गण्डकीको अधिवेशन: ‘गठबन्धनले जनताको भाग्य र भविष्य बिगार्यो’
ओली नआउँदा निराशा
असाेज १५, २०८०बहालवाला सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
असाेज १५, २०८०मनसुन लम्बियो : ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
असाेज १५, २०८०मौसम खराबीले काठमाडौं फर्किए यती र श्री एयरको जहाज
असाेज १५, २०८०दृष्टिविहीनलाई ‘पेलेर’ दुर्गममा, न्याय माग्दै आमरण अनसनमा
असाेज १५, २०८०