गण्डकी बैंक र सानिमाबीच सम्झौता

Avatar एजेन्सी
फागुन १३, २०७५
Sanima pic_Fotor

पोखरा, १२ फागुन । गण्डकी बिकास बैंक लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गनेर्सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार गण्डकी बिकास बैंकका संपूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवं सुलभ तरिकाले बैंकका सम्पूर्ण शाखाहरुमार्फत प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराज तिमिल्सिनाले हस्ताक्षर गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्न शर्मा र सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ शर्मा तथा  इन्स्योरेन्सको तर्फबाट मुख्य प्रबन्धक गणेश चौलागाई, बरिष्ठ प्रबन्धक गणेशराज श्रेष्ठ, सहायक प्रबन्धक सुदिप ढुंगानाको समेत उपस्थिति थियो ।

बैंकले वित्तीय पहुँचलाई उच्च प्राथमिकता दिदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको एबीबीएस, स्टीएम, इसीसी/आइपीएस, सी–एएसबीए, मोवाइल बैकिङ सेवा, लजुघुवित्त सेवा, रेमिट्यान्स सेवासहित पूर्ण बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads