हेमजा, १२ फागुन । पोखरा–२५, हेमजामा शनिवार भएको एक भेलाले कृष्णबहादुर खड्काको संयोजकत्वमा हेमजा विकास निर्माण समन्वय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा इन्द्रप्रसाद त्रिपाठी, सचिवमा विजय तिमिल्सीना तथा सदस्यहरुमा मनोज कार्की, शंकर त्रिपाठी, नवराज अधिकारी, इन्द्र कुँवर, मदन थापा, रमा त्रिपाठी, दुर्गा तिमिल्सीना र कृष्णमान् श्रेष्ठ छन् ।
उक्त भेलाले महेन्द्र बास्तोला, दिपेन्द्र बास्तोला, सोमनाथ बास्तोला र प्रविन थापालाई प्राविधिक सल्लाहकारको जिम्मेवारी दिएको छ । त्यस्तै, भोजराज पौडेल, शिवकुमार श्रेष्ठ, मधुसुदन त्रिपाठी, दानबहादुर थापा, विश्वराज पौडेल, चिरञ्जीवी अधिकारी, माधवशरण पौडेल, दयाराम बास्तोला र धर्मराज बास्तोलालाई सल्लाहकारमा चयन गरेको छ । उक्त समितिले हेमजाको विकास निर्माणका भएका अनियमितताकाबारे प्रत्यक्ष निगरानी एवं खवरदारी गर्ने जनाइएको छ । भेलालाई सम्बोधन गर्दै तत्कालिन हेमजा गाविसका अध्यक्ष धर्मराज बास्तोलाले समितिले हाल हेमजा क्षेत्रमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा बढी निगरानी गर्नुपर्ने आवश्यकता औँल्याए । सडकमा विद्युतका पोल बुर्चे अवस्थामा रहेका, खानेपानी अस्तव्यस्त भएको, सहायक बाटो पनि समस्यामा परेका, नहर तथा कतिपय घरहरु नै धरापमा परेको तर्फ संकेत गर्दै उनले त्यसको समाधानका लागि समितिले पहल गर्ने विश्वास व्यक्त गरे ।
नेपाली काँग्रेस हेमजाका संयोजक मधुसुदन त्रिपाठीले निर्माणधिन लोकमार्गको गुणस्तरमा ख्याल गर्न आग्रह गर्दै सम्बन्धित निकायले गुणस्तर प्रमाणिकरण गर्नुपर्ने बताए । त्यस अवसरमा नेकपामा वडा संयन्त्र सदस्य माधवशरण पौडेल, विष्णुपादुका क्लवका अध्यक्ष कृष्णबहादुर खड्का, हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठी, नागरिक सरोकार समितिका कृष्णबहादुर कुँवर, स्थानीय महेन्द्र बास्तोला, श्रीराम त्रिपाठी, विश्वराज पौडेल, घनस्याम तिम्सिना, कृष्णमान श्रेष्ठलगायतले पनि भनाई राखेका थिए । उनीहरुले लोकमार्गमा डीपीआरअनुसार कार्य नभएको, पत्रे तथा बेसारे ढुङ्गाको प्रयोग गरिएको, डिजायन फरक गरिएको, नहर, विद्युत, ढल, खानेपानी व्यवस्थापनमा गञ्जागोल गरेको, कतिपय घर धरापका परेको तथा निर्माण संरचनामा माटो मिसाएको लगायतको गुनासो गरेका छन् । त्यसैगरी, मेलवोटदेखि माछापुच्छ्रे गाउँपालिका जोड्ने हाल स्तरोन्नती कार्य भइरहेको सडकमा पनि थुपै्र अनियमितता भएको उनीहरुको गुनासो छ ।
Related News
सम्बन्धित समाचार
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
गैराथर सिल्पा सडकको उद्घाटन
केआइइसी वुनलाई फुटबल उपाधि
भारतको चेन्नइमा तीज
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०