पोखरा, १२ फागुन । नेपाल प्रेस युनियन कास्कीको नवाै अधिवेशनबाट पत्रकार नवीन सिग्देल सभापतिमा निर्वाचित भएका छन् ।
निकटतम् प्रतिष्पर्धी माधव रेग्मीलाई ११ मत अन्तरले पराजित गर्दै सिग्देल निर्वाचित भएका हुन् । निर्वाचित सिग्देलले कुल खसेको मतको ७७ र रेग्मीले ६६ मत प्राप्त गरेका छन् । अर्का प्रतिष्पर्धी यदुनाथ बञ्जाराले १७ मत प्राप्त गरे ।
आदर्श समाज राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक समेत सिग्देल नेपाली काँग्रेस कास्कीका सदस्य समेत हुन् ।यस्तै उपाध्यक्ष खुलामा प्रकाशचन्द्र सापकोटा र उपाध्यक्ष महिला समावेशीमा रवि आले रविना, निर्विरोध भए ।
सचिव पदमा पत्रकार प्रदीप पौडेल निर्वाचित भए । उनले ८० मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी भूपाल गुरुङले ५९ र सन्दीप पौडेलले २० मत प्राप्त गरेका छन् । २१ मतअन्तरले निर्वाचित प्रदीप पौडेल इमेज टेलिभिजन र रेडियो बाराहीमा आवद्ध छन् ।
शनिबारदेखि सुरु युनियनको अधिवेशनमा अध्यक्ष र सचिव बाहेक अन्य पद सर्वसम्मत भएको हो । सबै पदमा सर्वसम्मत् प्रयास भए पनि अन्ततः दुवै पदमा ३–३ जना उम्मेवादर चुनावमा भिडेका थिए । आइतबार बिहान मतदान भएको हो ।
यस्तै, सहसचिवमा ज्योति हमाल र कोषाध्यक्ष विजय लम्साल निर्विरोध भएका हुन् ।२१ सदस्यीय कार्यसमिति सदस्यमा खुलातर्फ कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा, सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ, मधु अधिकारी, सम्राट गुरुङ, सुभाष पौडेल, अनिषा श्रेष्ठ, सुभाष आचार्य, महेन्द्र ढुंगाना, महिला सदस्यमा सपना अधिकारी, भावना श्रेष्ठ र दलितमा विजय नेपाली चयन भएका छन् ।
पत्रकार महासंघको सभाहलमा भएको अधिवेशनको उद्घाटन काँग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
घर भत्किएर पुरिंदा बालिकाको मृत्यु, दाइ घाइते
ज्योति बैंकको ११६ औं शाखा बेंसीसहरमा
जटाशंकरलाई महालक्ष्मी बैंकको सहयोग
बिहानी सहकारीको वृद्धाश्रममा सहयोग
पशु प्रजनन् तालिम
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९