काठमाण्डौ , १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका दर्जन बढी केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेका छन् । पूर्व प्रधानमनत्री लोकेन्द्र वहादुर चन्दका छोरा समेत हुन पूर्वमन्त्री जयन्त चन्द ।
जयन्त चन्द सहित नेतृत्वमा रहेका राप्रपाका १४ जना केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका हुन्। चन्द पार्टीका पूर्व महामन्त्री पनि हुन्। चन्दसँगै पार्टी परित्याग गर्ने केन्द्रीय नेताहरुमा सहायक महामन्त्री भरत पाठक, कार्य सम्पादन समितिका सदस्यहरु प्रल्हाल साह, भरत गिरि र दिनेश श्रेष्ठ छन्।
यसैगरी पूर्व सहायक महामन्त्री गोविन्द खनियाले पनि राप्रपा परित्याग गरेका छन्। खनिया लामो समयदेखि अध्यक्ष कमल थापाका विश्वास पात्र मानिन्थे । परित्याग गर्ने अन्य केन्द्रीय सदस्यहरुमा सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रीता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट छन्।
यसैगरी गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन्। पार्टीको खस्कँदो जनाधारलाई पुनस्थापित, हिन्दु राष्टङ र संवैधानिक राजस.स्थाको माग गर्दै राप्रपाले दुई हप्ते मेची—महाकाली राष्ट्रिय स्वाभिमान यात्रा यही फागुन १५ गतेदेखि गर्दै छ । राप्रपाका तीनै घटकको एकता प्रयास गरिएपनि त्यो सम्भव नभएपछि अघिल्लो महिना पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको घटकबीच एकता भएको थियो।
पार्टी परित्याग गरेका चन्द सहितका नेताहरुले जारी गरेको विज्ञप्तीमा आफूहरु लामो समयदेखि एकता प्रक्रियामा संलग्न भएको बताएका छन्।
Related News
सम्बन्धित समाचार
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
कम्युनिस्ट पार्टी सरकार सञ्चालनमा असफल भए : कांग्रेस नेता धनराज गुरुङ
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
फागुन २४, २०७७गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
फागुन २४, २०७७