अमेरिकामा लम्जुङका घलेको हत्या

एजेन्सी
फागुन १२, २०७५
gun


काठमाण्डौ, १२ फागुन । अमेरिकामा गोली हानेर एक नेपालीको हत्या गरिएको छ, गोली लागेर अर्का एक नेपाली गम्भीर घाइते भएका छन् ।

बन्दुकधारीको हानेको गोली लागेर अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो । बिहीबार राति साढे ११ बजेतिरको घटना हो। उक्त टी मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली चलाएका थिए ।

गोली लागेर अर्का नेपाली प्रयास बानियाँ गम्भीर घाइते भएका छन्। अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घाइते बानियाँको भने नेपालको ठेगाना खुलेको छैन।
त्यहाँको प्रहरीले घटनाको वास्तविक जानकारी नदिए पनि ती बन्दुकधारीसँग घलको विवाद भएको बुझिएको छ। ती बन्दुकधारी व्यक्तिले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको बताइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width