काठमाडौ, १२ फागुन । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सरकारी कर्मचारीले आफ्नो जिम्मेवारी वहन नगर्ने र उनीहरुमा कक्तिपनि डर नहुँदा त्यस्ता कर्मचारीलाइृ सरकारले दण्डित गर्न नसकेको प्रति असन्तुष्टि प्रकट गरेका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्धारा राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले कर्मचारी आठ घण्टा काम गर्नुपर्नेमा सात घण्टा त कामै नहुने गरेको गुनासो आफूकहाँ आएको उनले बताए । कर्मचारीमा डर हराएको भन्दै उनले भने, म सरकारलाई भन्न चाहन्छु, प्रशासनलाई कडाई गर्नुस् । काम समयमा नगर्नेलाई दण्डित गर्नुस्। पदको दुरुपयोग गर्नेलाई सजाय दिनुस् ।’
सरकारका मन्त्रीमा धेरै बोल्ने र कम सुन्ने समस्या देखिएको बताए । उद्योग र अर्थ मन्त्रालयले आफ्ना कुरा नसुनेको व्यवसायीहरुको गुनासो छ, प्रकृतिले दिएको छ एउटा मुख धेरै बोल्छौं, दिएको छ दुईटा कान तर कम सुन्छौं । यस्तो विसंगती किन देखियो बुझ्न सकेको छैन, नेता नेपालले भने ।
पूर्वर्थमन्त्री डा. रामशरण महतले सरकारको अदुरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ धकेलिएको दाबी गरे । व्यापार घाटा बढ्दै जानु, बैदेशिक लगानी भित्रन नसक्नु तथा स्वदेशमा उद्यमशीलताको विकास हुन नसक्नुले मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
hero news full width
मुख्य समाचार
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७