आहा रारा गोल्डकपमा

विभागीय एपीएफसँग मनाङ स्तब्ध

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७५
APF 1

पोखरा, ११ फागुन ।  पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्र्रतियोगितामा सिग्नेचर मनाङ मस्र्याङ्दी विभागीय सशस्त्र प्रहरी बलको एपीएफसँग स्तब्ध बनेको छ ।

विभागीय एपीएफका प्रदिप लामाले ७० औं मिनेटमा एकमात्र निर्णायक गोल गरेपछि मनाङ स्तब्ध बनेको हो । एपीएफसँग हारेपछि सहिद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी प्रतियोगिताबाट बाहिरिएको छ । विभागीय एपीएफले भने सेमीफाइनल यात्रा तय ग¥यो । पोखरा रंगशलामा शनिबार विभागीय एपीएफसँग सिधा वाई पाएर मनाङले प्रतियोगिताकै पहिलो क्वार्र्टरफाइनल खेलेको थियो । एपीएफले भने उद्घाटन खेलको सडेन डेथमा आयोजक सहारालाई पन्छाउँदै क्वार्टरफाइनल खेलेको थियो ।

खेलको म्यान अफ दि म्याचसमेत बनेका प्रदिप एपीएफको जितमा नायक बने । प्रदिपले टोलीका लागि एकमात्र निर्णायक गोल हेडबाट गरे । सन्तोष श्रेष्ठको कर्नर बलमा अनमार्क रहेका प्रदिपले सजिलै गोल गरेका थिए । मैदानको दायाँ भागबाट बुद्धिमान राईले क्रस निकालेको बललाई मनाङका क्याप्टेन बिराजले नियन्त्रणमा लिन नसक्दा एपीएफलाई कर्नरको अवसर जुटेको थियो ।

खेलाडीले राम्रो प्रदर्शन गरेपनि पाएको अवसरहरुलाई सदुपयोग गर्न नसक्दा टोलीको हार भएको मनाङका विदेशी प्रशिक्षक टोपे फुजाले प्रतिक्रिया दिए । लिगपछि मनाङको प्रदर्शन खस्किएको प्रशिक्षक फुजाले श्वीकारे ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले टोलीको प्रदर्शनमा सुधार आएको बताए । ‘टिम गेम’ का कारण नै आफ्नो टोलीले जित निकालेको प्रशिक्षक महर्जनको प्रतिक्रिया थियो ।

पहिलो हाफमा आक्रामक खेलेको मनाङ दोस्रो हाफमा सुस्ताएको थियो । मनाङले खेलको शुरुवातीदेखि नै एपीएफलाई दवावमा राखेको थियो । खेलको पाँचौ मिनेटमा मनाङका अफिज ओलेवालेले प्रहार गरेको कडा ग्रास रुट बल दोस्रो बार हुँदै बाहिरिएको थियो । खेलको २१ औं मिनेटमा हेमन गुरुङले प्रहार गरेको लामो पावर सट बललाई एपीएफका कीपर अमृत चौधरीले पञ्च गरी बाहिर फाले । प्रकाश बुढाथोकीको कर्नरमा एपीएफका डिफेण्डरहरुले मुस्किलले क्लियर गरेको उक्त बल सिधा हेमनको खुट्टामा परेको थियो ।

त्यस्तै, पहिलो हाफको ईन्जूरी समयमा अञ्जन बिष्टले मैदानको दायाँ भागबाट निकालेको क्रस बललाई सुजल श्रेष्ठ गोल गर्नबाट चुके । विपक्षी डि एरियाभित्र अनमार्कमा रहेका सुजलले हल्का भलि हेड गरेको बललाई एपीएफ कीपर अमृतले सजिलै समाते ।

पहिलो हाफमा मनाङसँग दवावमा खेलेको एपीएफले भने पोष्ट चार्ज गर्ने कमै अवसरहरु पायो । आक्रामक र रक्षात्मक दुबै रणनीतिले पहिलो हाफ खेलेको मनाङको तुलनमा कम मुभहरु बनायो । एपीएफले १४ औं मिनेटमा पाएको अवसरलाई खेर फाल्यो । एपीएफका रामकुमार कुमालको लामो फ्रि–कीक बललाई मनाङका कीपर बिशालले पञ्च गरी बाहिर फाले । त्यस्तै, ३५ औं मिनेटमा क्याप्टेन टोपबहादुर बिष्टले प्रहार गरेको पावर सट बल माथिल्लो बार हुँदै आउट हुन पुग्यो ।

आइतबार, प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल हिमालयन शेर्पा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ । हिमालयन शेर्पाले शुक्रबारको प्रिक्वार्र्टरफाइनलमा धरान फुटबल क्लबलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । आर्मीको त्रिभुवन क्लब भने प्रतियोगितामा सिधा वार्ई पाएर क्वार्टरफाइनल खेल्ने भएको हो ।

नारायण शाही

Related News

सम्बन्धित समाचार

  • हेमजा गोल्डकप विजेतालाई ६ लाख

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । हेमजामा आगामी कात्तिक ११ देखि १८ गतेसम्म हुन लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकप विजेता समूहले ६ लाख ५५…
  • १९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    हाङझाउ (चीन) । १९ औं एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म २ सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा…
  • पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा, ५ असोज । प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिवको जिम्मेवारी पत्रकार केशव पाठकले पाएका छन् । सदस्यसचिव श्रीधर शर्मा…
  • राइनास–५ लाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    लमजुङ । जिल्लास्तरीय अन्तरवडा भलिबल प्रतियोगिताको उपाधि राइनास नगरपालिका–५ ले जितेको छ । फाइनलमा मध्यनेपाल नगरपालिका–५ लाई ३–२ सेटले पराजित…
  • हेमजा गोल्डकपको तयारी

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । हेमजामा सातौं संस्करणको अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको तयारी थालिएको छ । हेमजा युनाइटेडको आयोजनामा आउँदो कात्तिक ११ देखि १८…

hero news full width