अज्ञात समूहद्धारा कास्की लेखनाथकाे एनसेल टावरमा आगजनी

Avatar आदर्श समाज सम्वाददाता
फागुन ११, २०७५


पोखरा, ११ फागुन । पोखरा महानगरपालिका—२७ बडहरे डाँडामा रहेको एनसेलको टावरमा शुक्रवार राति अज्ञात समूहले आगजनी गरेको छ ।

पेट्रोल छर्केर गरिएको आगजनी सिशुवा प्रहरी कार्यालय र स्थानीयले तुरुन्त नियन्त्रणमा लिएका कारण टावरमा आंशिक रुपमा क्षेति भएको छ । घटनास्थल सिशुवा प्रहरी चौकी नजिकै हो । आगजनीवाट टावरमा जडान गरिएका केवुलका तारहरु जलेर नष्ट भएका छन् ।

क्षति कति भयो भन्ने वारेमा प्राविधिकले यकिन नगरेसम्म भन्न नसकिने अवस्था छ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले भने — घटनामा बारेमा प्रहरीले अनुसन्धान कार्य अगाडि वढाइसकेको छ ।

टावरमा शुक्रवार राति १०.०० वजे आगजनी भएको हो, उक्त आगजनी गर्ने समूहको खोजिकार्य भइरहेको जानकारी प्रहरी प्रवक्ता गुरुङले दिए । एनसेल टावर जलेसंगै पोखराको लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

पुण्य कमाउने नाममा बाल विवाह