आहारारा गोल्डकप शेर्पाको जितमा गुरुङको निर्णायक गोल

आदर्श समाज संवाददाता
फागुन १०, २०७५
p0000


पोखरा, १० फागुन । पोखरामा जारी आहा रारा गोल्ड कपमा धरान फुटबल क्लबलाई १—० ले हराउदै हिमालयन शेर्पा विजय सुरुवात गरेको छ ।

जितका लागि हिमालयन शेर्पाले ७८ मिनेटमा त्रिदेव गुरुङको गोल नै निर्णायक वन्न पुगेको हो । शेर्पाले गोल गर्नुअघि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । तर फ्रिकिकलाई धरानका डिफेन्सले क्लियर गरेको बललाई स्टपर उलरिच सेवाईले प्याट्रिक प्रिभाट गोहालाई उपलब्ध गराएका थिए । गोहाको क्रसपासलाई गुरुङले उत्कृष्ठ डाईभिङ हेड गर्दै गोल गरेपछि धरानले पोखरा यात्रा विट मार्न पुग्यो । खेलमा दुवैले आक्रमणको रणनीति बनाउँदै ४५ मिनेटलाई टुंग्याए ।

हिमालयन शेर्पाले पहिलो कर्नर पायो । खेलको १० औं मिनेटमा पाएको कर्नरलाई कमल थापाले हानेका थिए । तर धरानका गोलकिपर विनय श्रेष्ठले पन्च गर्दै क्लियर गरिदिए । त्यसपछिको समय दुवै टोलीका गोलकिपरले निकै फुर्स्दिलो समय बिताए ।

दोस्रो हाफमा भने केही उत्साह देखियो । दुवै टोलीले गोलको लागि मुभ बनाए । तर गोल भने हिमालयन शेर्पाले निकाल्यो । ५८ औं मिनेटमा धरानले कर्नर पाएको थियो । त्यसलगत्तै पाएको फ्रिकिकलाई समेत फोफाना द्रहिमाले शेर्पाको गोलकिपर किशोर गिरीको हातमै पर्यो । ६६ औं मिनेटमा गिल्सन लिम्बुको क्रस सटपासलाई होचा कदका अफ्रिकन खेलाडी फोफानाले हानेको पावर सटलाई बचाउ गर्दै शेर्पाली खेलाडीको उर्जा जोगाईराखे ।

खेलमा निर्णायाक गोल गरेका त्रिदेव गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप थापे ।सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन सञ्चालित १७ औं सस्करणको आहा रारा गोल्डकपको पहिलो प्रिक्वार्टर फाईनल खेल मनाङ मस्र्याङ्दीले सहारा क्लबलाई पराजित गरेको शसस्त्र प्रहरी बल(एपीएफ)सँग प्रतिस्पर्धा गर्ने छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width