मानव अधिकार प्रवद्र्धनमा जोड

adarsha samaj आदर्श समाज संवाददाता
फागुन १०, २०७५
Human Rights photo


स्याङ्जा, १० फागुन । गृह मन्त्रालयका उपसचिव मोहन वहादुर जिसीले मानव अधिकार उलङ्घनका घटनालाई मन्त्रालयले गम्भीर रुपमा लिने गरेको बताएका छन् ।

गृह मन्त्रालयद्धारा शुक्रवार स्याङ्जामा आयोजित मानव अधिकार प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै भने —आमाको कोखदेखि मृत्यु पर्यन्तका अधिकारको संरक्षण र सम्बद्र्धनमा राज्य क्रियाशिल हुने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगद्धारा सरकारलाई शिफारिस भईआएका घटनालाई सरकारले पालनाका साथै विशेष प्राथामिकता दिएर हेर्ने गरेको दावि उनको छ । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, पुतलीबजार नगर उपप्रमुख महेश पुरी, नेकपाका नेता रामचन्द्र भट्टराई, नेपाली कांग्रेसका सभापति कुमार राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव विश्वबन्धु पौडेल लगायतले आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads