सडक निर्माण गर्ने क्रममा मजदुरको मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
फागुन १०, २०७५

पोखरा, १० फागुन  | म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका—४ मा निर्माणधिन निलगिरी हाईड्रो पावरको सडक निर्माण गर्ने क्रममा शुक्रवार दिउसो एक मजदुरको मृत्यु भएको छ ।

आईड्रोपावरको सडक निर्माण गर्ने क्रममा रोल्पा निवासी १९ बर्षीय तिलक घर्तीमगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बलाष्ट्रिङ्को होल्ड सफा गर्ने क्रममा ९० मीटर तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ |

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

श्रीलंका विस्फोटमा मर्नेको संख्या २९० पुग्यो