पोखरा, १० फागुन । स्वतन्त्र पत्रकार संघ नेपालको संगठन विस्तारले गति लिएको छ । संगठन विस्तारको क्रममा पुराना जिल्ला शाखाहरूको अधिवेशन गर्ने र नयाँ शाखा विस्तार गर्ने क्रम तीव्र पारिएको छ ।
‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने शुद्धीकरण अभियानका साथ अघि बढी रहेको संघ सुदुरपश्चिममा शाखा विस्तार तथा जिल्ला शाखाहरूको अधिवेशनको तयारीमा जुटेको हो । उक्त कार्यका लागि संघका राष्ट्रिय पदाधिकारीहरूले तुफानी भ्रमण गर्ने भएका छन् । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा एक टोली त्यसतर्फ जाने भएको छ ।
कञ्चनपुरमा फागुन १६ गते जिल्ला भेला गरी शाखा विस्तार गरिने भएको छ । यसैगरी, फागुन १७ गते कैलालीमा शाखा विस्तारका लागि स्वतन्त्र पत्रकारहरूको भेला हुने कार्यक्रम तय छ । त्यस्तै, १८ गते बर्दियामा पनि शाखा विस्तारको कार्य हुने संघका महासचिव नवराज पहाडीले बताएका छन् । उनका अनुसार कञ्चनपुरमा पुष्कर भट्टले त्यस कार्यमा संयोजन गरिरहेका छन् भने कैलालीमा पाण्डव पुजाराले भेलाको व्यवस्थापन कार्य गरिरहेका छन् । वर्दियामा बाँके शाखाका अध्यक्ष नमस्कार शाहको संयोजनमा शाखा विस्तारको कार्य भइरहेको छ ।
सो टोलीमा संघका राष्ट्रिय अध्यक्ष बास्तोला, महासचिव नवराज पहाडी, उपमहासचिव राजेन्द्र रायमाझी, कोषाध्यक्ष वीरेन्द्र पाण्डे, राष्ट्रिय पार्षद डिआरजी सुमन सहितको टोली त्यसतर्फ जाने भएको हो ।
संघका हालसम्म १७ वटा जिल्लामा शाखा स्थापना भइसकेका छन् ।
संघको बाँके जिल्ला शाखाको अधिवेशन फागुन १८ गते हुने भएको छ भने फागुन १९ गते दाङ शाखाको जिल्ला अधिवेशनको तयारी गरिएको छ । त्यस्तै फागुन २० गते कपिलवस्तु शाखाको जिल्ला अधिवेशन हुने कार्यक्रम छ ।
संघको राष्ट्रिय समितिले चैत १५ गते भित्र जिल्ला अधिवेशन सक्नका लागि जिल्ला शाखालाई निर्देशन दिएको छ । यसअघि अर्घाखाँची शाखा, रुपन्देही शाखा र पाल्पा शाखाका जिल्ला अधिवेशन सम्पन्न भई सकेका छन् ।
यसैवीच, नवलपुर शाखाले चैत ११ देखि साताव्यापी समाचार लेखन तथा उद्घोषण तालिमको तयारीगरेको छ ।
Related News
सम्बन्धित समाचार
सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू
प्रदेश सरकार उलटपुलट
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१