निगमले माग्यो एक सय ७४ कर्मचारी

Avatar आदर्श समाज सम्वाददाता
फागुन १०, २०७५


पोखरा, १० फागुन । नेपाल वायु सेवा निगमले विभिन्न पदमा एकैपटक एक सय ७४ जना कर्मचारी माग गरेको छ । सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त पदका लागि निगमले शुक्रबार खुला विज्ञापन आह्वान गरेको हो ।

निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना, सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी माग गरेको छ । पाइलट अभाव झेल्दै आएको निगमले तह नौ को सिनियर क्याप्टेन १३ जनाका लागि विज्ञापन आह्वान गरेको छ । निगमले दरखास्तका लागि आह्वान गर्दै फागुन १० गतेबाट २१ दिनको म्याद दिएको छ ।

Comments on निगमले माग्यो एक सय ७४ कर्मचारी

हाम्रो सुझाव

पाइलट सहित दुई घाइते

बुर्तिबाङमा मेलमिलाप तालिम

प्रमुख समाचार

मातृभूमी क्रिकेट प्रतियोगिता हुँदै, पारस खड्का विरुद्ध ज्ञानेन्द्र मल्ल र मदनकृष्ण भर्सेज हरिवंश भिड्दै