फ्रान्समा फ्लुका कारण दुई हजार आठ सयको मृत्यु

Avatar एजेन्सी
फागुन १०, २०७५


काठमाण्डौ, १० फागुन । फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समय भित्र २ हजार ८ सय जनाको मृत्यु भएको छ ।

अक्टोबरदेखि फेब्रुअरी ३ सम्म फ्रान्सभर फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश ७५ बर्ष उमेर समूह माथिका छन् । मृत्यु हुने् मध्ये ७८ प्रतिशत वृद्धहरू भएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको छ । उपचारका लागि अस्पताल पुगेकामध्ये दुई हजार १३७ जनाले अस्पतालमा भर्ना भै उपचार सेवा लिइराखेका छन् ।भर्ना भएकामा पनि अधिकांश ७५ वर्षमाथि वा १५ वर्षमुनिका बिरामी छन् ।

यद्यपि, बिरामीको सङ्ख्या तथा बिरामी भै अस्पतालमा उपचार लिइरहेका मानिसको सङ्ख्या दुवै अघिल्लो हप्ताको तुलनामा कम भएको पनि जनाइएको छ ।फ्रान्समा अघिल्लो हप्ता सम्भवतः सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एचथ्रीएनटू’ को सङ्क्रमण देखिएको वताइएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

डाँकालाई गोली हानी प्रहरीले लियो नियन्त्रणमा