दमौली, १० फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब पाएका छैनन ।
अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोज महीनादेखिको तलब नपाएका हुन् । तीन स्वास्थ्यकर्मी सरकारले काजमा खटाएको स्थायी दरबन्दीका हुन् । चार महीनादेखि तलब नपाउँदा समस्या भएकोे प्रशासन शाखामा कार्यरत नायव सुब्बा पूजा कार्कीले बताइन् ।
सिन्धुली घर भई उपचार केन्द्रमा कार्यरत उनले मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता रहेको गुनासो गरिन् । आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु, उनका अनुसार करारका कर्मचारीको म्याद थप नहँुदा अन्योलको स्थिति सिर्जना भएको छ ।
उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले सरकारले बजेट विनियोजन नगर्दा तलब खुवाउन नसकिएको जानकारी दिए । चालू आर्थिक वर्षमा सरकारले अस्पतालका लागि अत्यन्तै न्यून बजेट पठाएको उनको जानकारी दिए । सरकारले अस्पतालमा कार्यरत कर्मचारीको तलबभत्ता र प्रशासनिक खर्चमा २० लाख पठाएको थियो । तर एक महीनामा तलबभत्तामा १५ लाख खर्च हुन्छ
सरकारले पठाएको रकमले एक महीनाको तलब खुवाउन पुगेको छ, साउन महीनाको तलब दिएर पाँच लाख बचेको र त्यसमा अस्पतालको आन्तरिक रकम थप गरेर भदौ र असोज महीनाको तलबभत्ता भुक्तान गरिएको उनलेृ बताए ।
विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी श्वासप्रश्वास उपचार केन्द्र सञ्चालन गरिएको हो । लामो समयदेखि सञ्चालन भएको अस्पतालमा छुट्टै श्वासप्रश्वास उपचार केन्द्र स्थापना हुनसकेको छैन ।
Related News
सम्बन्धित समाचार
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७