दुर्घटनामा परेका प्रदेशसभा सदस्य ओलीको निधन

rss रासस
फागुन १०, २०७५


रुपन्देही, १० फागुन । प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उनको विहीवार राति निधन भएको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थाका ओलीको १६ दिन पछि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीका अनुसार प्रदेशसभा सदस्य ओलीको निधनमा प्रदेशसभाको १९ गते बस्ने बैठकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभाका लागि सांसद बनेका थिए । दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती, दुई छोरा छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

दुर्गम गाउँमा विपद्को अभ्यास

धान रोपाइँको तयारी

गोरु बेचेर घरघरै आधुनिक हलो

प्रमुख समाचार

एसइईको नतिजा विहीवार साँझ हुने

थप प्रमुख समाचार

पर्यटकीय स्थल टोड्केमा ३ करोड बढीको रिसोर्ट

बगनासकालीलाई बालमैत्री बनाइने

तिनाउको कृषि केन्द्रित कार्यक्रम