काठमाडौं, ९ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थप गर्ने वा नगर्ने भन्ने बारेमा विवाद सृजना भएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव राखेका छन् भने बहुमत सदस्य भने बिघटन गर्न नहुने पक्षमा उभिएका छन् ।
सचिवालय र कार्यदल सदस्यको बैठक विहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री निकट मानिने ओलीसँगै ईश्वर पोखरेल भने कार्यदल विघटन गर्ने पक्षमा छन् । कार्यदलका बहुमत सदस्यहरुले भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको आरोप लगाएका छन् ।
बैठकमा सहभागी एक नेताले भने, कार्यदलबारे सहमति जुट्न सकेन, भोली फेरि छलफल हुन्छ, कार्यदलका सदस्य योगेश भट्टराईले बाँकी काम सम्पन्न गर्न एक साता समय माग गरिएको बताए । समयमा नै काम हुनु पर्ने थियो तर भएन, विभिन्न कारणले हुन सकेन उनले भने, ‘हामीले एक हस्ता समय माग गरेका छौं त्यो समयमा सवै विषयमा सिफारिस सहित प्रतिवेदन बुझाउने प्रतिवद्धता व्यक्त गरेका छौ ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
hero news full width
मुख्य समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९