लमजुङ, ८ फागुन । हिमाल पारीको जिल्ला मनाङमा फेरि भारी हिमपात हुदा जनजीवन कष्टकर वनेको छ । हिमपातका कारण आठदिनदेखि खुलेका विद्यालयको पढाई समेत प्रभावित बनेको छ ।
हिमपातका कारण तल्लो मनाङ र चामेका स्कुलमा पठनपाठन प्रभावित भएको छ । हिमपातका कारण खानेपानी पाइपमा पानी जमेको छ । हिमपातका कारणले बढेको चिसोका कारण विद्यार्थी स्कुलमा आउन नसकेको मनाङको चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाले बताए । स्कुलको प्रांगणमा दुई फिटसम्म हिउ परेको छ, थापाले भने ।
हिमपातका कारण एउटा कार्यालयबाट अर्को कार्यालयसम्म जान सक्ने अवस्था समेत छैन् । सदरमुकामदेखि उत्तरी क्षेत्रमा रहेको स्थान माथिल्लो मनाङले चिनिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन साहायक क्षेत्र गुरुङले करिब ५ इन्चजति हिउँ जमेको जानकारी दिए । उनले भने ‘पर्यटकहरू थोराङला पास हुँदै मुस्ताङ निस्कन सकेका छैनन् । केही पर्यटक फर्किएर आएका छन् ।’ उनी भन्छन् ‘दैनिक १०÷१२ जना पर्यटक आइरहेको देखिन्छ तर उनीहरूले थोराङला भञ्ज्याङ पार गर्न सकेका छैनन् । मौसममा सुधार नभएसम्म नजान भनेका छौं ।’
‘माथि हिउँ छ । तलबाट पानी बगेको छ । घाम लागेको बेला धेरै चिसो हुँदैन’ उनले जानकारी दिए । चामेमा पुरानो हिउ पग्लिन नपाउँदै नयाँ हिउँ नै २ फिट परेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार चिसोले गर्दा हातखुटटा सुन्निन थालेका छन्, उनले भने—एक महिना यता निरन्तर हिमपात भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०