लमजुङ, ८ फागुन । पशुपतिनाथ पछि महत्वपूर्ण मानिने सन्तानेश्वर महादेवको रुपमा चिनिने तमजुङको करापुटारमा अवस्थित ईशानेश्वर धार्मिक तथा सांस्कृतिक महोत्सव गरिने भएको छ ।
ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति र मध्यनेपाल नगरपालिकाले मध्यनेपाल– ७, करापुटारमा महाशिवरात्रीका अवसरमा महोत्सव गर्न लागेको हो । उक्त मन्दिर धार्मिक महत्वको रुपमा प्रचार प्रसार हुन नसकेपछि राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा प्रचार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले बताए । मन्दिरले सय अघि पनि महायज्ञ गदैृ आएको थियो ।
महोत्सवमा भारतका प्रसिद्ध योगी तथा बाबाहरूलाई समेत ल्याउने तयारी भएको छ । महोत्सवको प्रचार प्रसार सहितका अन्य तयारीका काम पनि भइरहेको पाण्डेले जानकारी दिए । महोत्सवको प्रचारप्रसार र अतिथिको निमन्त्रणाका लागि सुपारीसहितको छ हजार निमन्त्रणा कार्ड तयार पारिएको छ ।
यही फागुन १६—२३ गतेसम्म महोत्सव संचालन हुने आयोजक समितिका संयोजक एवम् ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले बताए । महोत्सव स्थलमा दुई सय ५० स्टल राख्नका लागि स्टल निर्माणको कार्य तिव्र पारिएको छ । उक्त अवसरमा आयोजित श्रीमदभागवत ज्ञानमहायज्ञको धार्मिक अनुष्ठानका लागि मूलव्यास ईश्वरकृष्ण महाराज विशेष वक्ताको रूपमा आउने वताइएको छ ।
महोत्सव सफल पार्नका लागि तीन सय ५५ सदस्यीय मूल समिति र ४१ उपसमिति गठन गरिएको छ । मध्यनेपाल नगरपालिकाको प्रबद्र्धनमा हुने उक्त महोत्सवको विशेष आकर्षणका रूपमा फागुन २० र २१ गते विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने छ । जसअन्तर्गत राष्ट्रिय तथा स्थानीय लोक दोहोरी गायन तथा नृत्य हुने भएको छ ।
सो अवसरमा गण्डकी प्रदेशस्तरीय भजन तथा चुड्का प्रतियोगिताको साथै ठाडो भाकाको गीत तथा स्थानीय बालुन नृत्यको समेत प्रस्तुति रहने आयोजकको भनाई छ । उक्त अवसरमा दशौं करापुटार रिनिङ शिल्ड भलिवल प्रतियोगिता र परम्पारगत छेलो प्रतियोगिताको पनि तयारी गरिएको खेलकुद उपसमितिका संयोजक जाकिर हुसेन मियाँले बताए ।
सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोकगायकहरू चोलेन्द्र पौडेल, राज सिग्देल, बिरु लामा, राजन कार्की, घनश्याम रिजाल, प्रकाश सपुत, सिर्जना आले मगर, मञ्जु वि.क., विक्रम परियार, मालती घले, चाहनाश्री, रितकुमार श्रेष्ठ, अनिता पन्त, लगायले आफ्नो प्रस्तुति गर्ने वताइएको छ ।
Related News
सम्बन्धित समाचार
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
hero news full width
मुख्य समाचार
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९सेती उत्खनन् रोक्न अन्तरिम आदेश
चैत्र ८, २०७९