पोखरा, ८ फागुन । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ नेपाने मा मगलवार साँझ ६.२५ वजे जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
ध १ज ७९१ नं को जिप जैमिनी नगरपालिका—८ नेपानेको भीरवाट साँझ तीन सय मीटर तल खस्दा चार जनाको मृत्यु भएको हो । जनकल्याण माध्यामिक विद्यालयको वार्षिकोत्सव मनाएर विद्यार्थी र अभिभावक वोकेर फर्कदै गरेको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी स्थानीय जनकल्याण माध्यामिक विद्यालयका लेखापाल जैमिनी नगरपालिका—८ निवासी ३० बर्षीया तुलसी राना पुन, सोही वडानिवासी उक्त विद्यालयमा अध्ययनरत छात्रा १४ बर्षीया एलिना पुन, १९ बर्षीया प्रियंका पुन र १३ बर्षीया ज्योति पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वाग्लुङका प्रहरी जवान हिमाल पौडेलले जानकारी दिए । जिपमा ३० यात्रु सवार थिए ।
दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते धना श्रीष, विष्ना श्रीष, संगम श्रीष र सम्झना पुनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइहेको छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९