जिप दुर्घटना हुँदा चारको मृत्यु

adarsha samaj आदर्श समाज संवाददाता
फागुन ८, २०७५
accident-gip

पोखरा, ८ फागुन । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ नेपाने मा मगलवार साँझ ६.२५ वजे जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

ध १ज ७९१ नं को जिप जैमिनी नगरपालिका—८ नेपानेको भीरवाट साँझ तीन सय मीटर तल खस्दा चार जनाको मृत्यु भएको हो । जनकल्याण माध्यामिक विद्यालयको वार्षिकोत्सव मनाएर विद्यार्थी र अभिभावक वोकेर फर्कदै गरेको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी  स्थानीय जनकल्याण माध्यामिक विद्यालयका लेखापाल जैमिनी नगरपालिका—८ निवासी ३० बर्षीया तुलसी राना पुन, सोही वडानिवासी उक्त विद्यालयमा अध्ययनरत छात्रा १४ बर्षीया एलिना पुन, १९ बर्षीया प्रियंका पुन र १३ बर्षीया ज्योति पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वाग्लुङका प्रहरी जवान हिमाल पौडेलले जानकारी दिए । जिपमा ३० यात्रु सवार थिए ।

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते धना श्रीष, विष्ना श्रीष, संगम श्रीष र सम्झना पुनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइहेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads