पाेखरा, ७ फागुन । तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्रािष्ट्रय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् ।
भूतपूर्व खेलाडी मञ्चको आयोजनामा मंगलवार भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निधारित दूरी पार गर्दै उनले उपाधिसहित नगद एक लाख पुरस्कार प्राप्त गरेका हुन् ।
पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन पोखराका विभिन्न स्थान परिक्रमा गर्दै पुन रङ्गशालामा नै आएर टुङ्गिएको थियो । त्यस्तै सशस्त्र प्रहरीका खिमबहादुर खत्रीले दोस्रो स्थान हासिल गरे । दुई घण्टा ४० मिनेट २० सेकेण्डको समयमा लक्ष्य पूरा गरेका उनले ७० हजार पुरस्कार पाए ।
नेपाल प्रहरीका भूमिराज राईले तेस्रो स्थान हासिल गर्दै रु ५० हजार पुरस्कार पाए । उनले दुई घण्टा ४१ मिनेटको समयमा निर्धा्रित दूरी पार गरेका थिए । सान्त्वना भएका सेनाका पूर्ण तामाङले सात हजार पुरस्कार प्राप्त गरे ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, मुख्य प्रायोजक लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।
प्रतियोगितामा म्याराथनसहित १० किलोमिटर महिला तथा पुरुष दौड, पाँच किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएका लागि ४०० मिटर पुरुष तथा १०० मिटर महिला र १०० मिटर दृष्टीविहीन ह्विलचियर प्रतियोगिता गरी आठ इभेन्टमा प्रतिष्पर्धा भएको थियो ।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९