न्यायधिश जोशीले दिए पदवाट राजीनामा

एजेन्सी
फागुन ७, २०७५
dip


काठमाणडाै,  ६ फागुन । यस अघि प्रधानन्यायधिश नियुक्तिका लागि सिफारिसमा परेका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलवार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरिदिएको थियो । सुनुवाई समितिले उनको शैक्षिक योग्यतामा प्रश्न उठाएको थियो ।

उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।२०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् । त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी समेत खोसेका थिए ।

तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदको सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीश बनेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width