निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा

एजेन्सी
फागुन ७, २०७५
nishan_Fotor

पोखरा, ६ फागुन। प्रिमियर मोटर्स प्रालि पोखराले निशानको नयाँ गाडी ‘किक्स’ बजारमा ल्याएको छ। कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाइ पाउने दाबी समेत गरेको छ।

किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दाबी प्रालिका प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले सोमबार संयुक्त रुपमा किक्स गाडी लञ्च गरे। साथै सोही दिन पाँचवटा किक्स गाडी बुकिङ समेत भएको छ ।

किक्सको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी आवरणले ग्राहकहरुलाई आकर्षित गर्ने विश्वास प्रिमियर कम्पनीको छ। उत्कृष्ट विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ लाख ९९ हजारमा उपलब्ध भएको प्रशासकीय प्रमुख मोहन गिरीले जानकारी दिए।

सो किक्स गाडीमा ८ इञ्च टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा संचालन गर्न सकिन्छ। साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको कार्यक्रममा जानकारी दिइयो।

यो एसयुभी गाडी डिजेल इञ्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल इञ्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन्। यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा बजारमा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले बताए।

यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ डाइनामिक्सलाई परिपूरकको काम गरेको छ। नयाँ निशान किक्सको पेट्रोल इञ्जिनमा १.५ एचफोरकेको ५ स्पीड,म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ केनाइनडी डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ।

किक्सको माइलेज क्षमतालाई अति नै उत्तम मानिएको छ। पेट्रोल इञ्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इञ्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरिसकेको कम्पनीको भनाइ छ।

एक्सटेरियर निकै प्रिमियम खालको रहेको र ग्राउन्ड क्लियरेन्स, इन्टेरियर, सुरक्षा लगायतका फिचर उत्कृष्ट रहेको कम्पनीको दाबी छ । प्रतिस्पर्धी बजारमा मूल्य हिसाबले पनि किक्स गाडी विशेष रहने बताइन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width