पोखरा, ६ फागुन । मञ्जुश्री संवत् २८५५ औैं सोनाम ल्होछार अवसरमा पोखरामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा चेलिबेटी सहितको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल तामाङ वाईबा समाज अध्यक्ष वीगेन्द्र वाइवा तामाङले ल्हो परम्परा मान्नु अन्धविश्वास नभएर चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने विश्व वैज्ञानिक दृष्टिकोण भएको बताए ।कार्यक्रममा लोकोत्तर लोकवादी विचार अभियानका प्रबद्र्धक धनप्रसाद तामाङ र नेपाल तामाङ महिला घेदुङ कास्कीका निवर्तमान अध्यक्ष दीलमाया स्याङबोले बोलेका थिए ।
सो अवसरमा वाईबा भाइखलकका ८२ वर्षीय मानबहादुर वाईबालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै, वाईबा वंशावलीको खोज अध्ययन र अनुसन्धानमा सहयोग पुर्याउने पूर्व संयोजक प्रताप वाईबा र विष्णु योञ्जन तामाङलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।त्यस अवसरमा तामाङ गीत, कला र नृत्य प्रस्तुत गरिएको थियो । वाईबा भाइखलक कस्की संयोजक विले वाईबाको अध्यक्षतामा भएको कार्यक्रम वाईबा खलकका बुहारीहरु मीनमाया डुमजन र विष्णु योञ्जनले संयुक्त सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
hero news full width
मुख्य समाचार
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१